default_image

5 years ago

September 21, 2020

म्यानचेस्टर सिटी र वल्भ्स भिड्दै

99 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (सोमबार) राति दुई खेलमा प्रतस्पर्धा हुदैछ । एस्टन भिल्लाले सेफिल्ड युनाइटेडको आतिथ्यता गर्दा साविकको उपविजेता म्यानचेस्टर सिटी वल्भ्स भ्रमणमा निस्कनेछ ।

एस्टन भिल्ला र सेफिल्डबीचको खेल राति १०ः४५ बजे तथा वल्भ्स र म्यानचेस्टर सिटीबीचको खेल राति १ बजे हुनेछ । नयाँ सिजनको प्रिमियर लिगमा सिटीले पहिलो खेलमा प्रतिस्पर्धा गर्दा वल्भ्सको यो दोस्रो खेल हो ।

सिटी वल्भ्सलाई उसकै मैदानमा हरार सुखद सुरुवात गर्ने योजनामा रहँदा वल्भ्स लगातार दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ । वल्भ्सले पहिलो खेलमा सेफिल्डमाथि २–० को सहज जित हात पारेको थियो ।

सिटीले चोटका कारण क्लबका सर्वाधिक गोलकर्ता सर्जियो अगुइरोलाई गुमाउनेछन् । तर सिटीसँग रहिम स्ट्रलिङ, ग्याब्रियल जेसस, रोड्री, केभिन डि ब्रुयन, बेन्जामिन मेन्डी, केल वाल्कर र गोलरक्षकमा इडर्सन हुनेछन् । इल्काए गुन्डोगन कोरोना संक्रमणका कारण हाल आइसोलेसनमा रहेका छन् ।

कोरोनामुक्त हुदै रियाद महरेज भने टिममा फर्केका छन् । यस्तै नयाँ खेलाडी नाथन एके र फेरान टोरेसले डेब्यु गर्ने सम्भावना छ । पछिल्लो समय लयमा रहेको वल्भ्सलाई पराजित गर्न पेप ग्वार्डिओलाको सिटीले मिहेनत नै गर्नुपर्नेछ ।

यता, पहिलो खेलमा पाएको सफलताले हौसिएको वल्भ्स दोस्रो खेलमा पनि सिटीलाई स्तब्ध पार्दै लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसै साता फरवार्ड डिएगो जोटालाई लिभरपुलमा बेचेपनि वल्भ्ससँग राहुल जिमिनेज, ड्यानियल पोडेन्स, एडमा ट्राओरे, पेड्रो नेटो जस्ता स्तरीय फरवार्ड छन् । मिडफिल्डमा जोओ मौटिन्हो र रुवेन नेभेसले खेल्न सक्नेछन् । विली बोली कोनर कोडे र रोमेन साइसले रक्षापङ्ति सम्हाल्दा रुइ प्याट्रिसियोले गोलरक्षकमा रहनेछन् ।

यि दुई टोली ११ पटक आमने समाने हुदा सिटीले पाँच खेलमा सफलता हात पार्दा ३ खेलमा वल्भ्स विजयी भएको छ । ३ खेल बराबरीमा टुंगिएको छ ।

गत सिजनको प्रिमियर लिगको दुवै खेलमा वल्भ्स विजयी भएको थियो । वल्भ्स यही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । वल्भ्स सिटीसँग पछिल्ला ३ खेलमा अपराजित छ । सिटी पनि वल्भ्ससँगको हारको यात्रा पुर्णविरामा लगाउने दाउमा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.