5 years ago
September 21, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका जर्मन मिडफिल्डर इल्काए गुन्डोगानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

म्यानचेस्टर सिटीले आफ्नो मिडफिल्डर गुन्डोगानलाई कोरोना पुष्टि भएको बताएको छ । क्लबले परिक्षण गर्दा गुन्डोगानलाई कोरोना पुष्टि भएपछि १० दिनको सेल्फ आइसोलेसन बसाईमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । सिटीका विंगर रियाद महारेज र डिफेन्डर एमेरिक लापोर्टे कोरोनामुक्त हुदै प्रशिक्षणमा फर्किसकेका छन् ।
यससँगै २९ वर्षीय गुन्डोगान दुई साता आइसोलेसनमा बस्नुपर्नेभएपछि सोमबार राति हुने वल्भ्सविरुद्धको खेलसहित अन्य खेलहरु पनि गुमाउने भएका छन् । सिटीले बिहीबार कारबाओ कपमा बर्नमाउथ र आइतबार प्रिमियर लिगमा लेस्टर सिटीसँग खेल्ने तालिका छ । यि दुवै खेल गुन्डोगानले गुमाउने छन् । सिटीले गुन्डोगानको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]