5 years ago
September 21, 2020
एजेन्सी – स्पेनिस फरवार्ड अल्भारो मोराटा ला लिगा क्लब एटलेटिको म्याड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्टस फर्कने भएका छन् ।

प्रशिक्षक डिएगो सिमिओनीले अर्का फरवार्ड डिएगो कोस्टालाई पहिलो रोजाईको फरवार्डको रुपमा उतार्न थालेपछि मोराटाले क्लबसमक्ष अन्यत्र अवसर आए जान दिन आग्रह गरेका थिए । युभेन्टसले पनि अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन क्लब छाडेपछि फरवार्डको खोजि गरिरहेको छ । इटालियन क्लब एएस रोमाका एडिन जेकोलाई अनुबन्ध गर्ने प्रयास भएपनि क्लबबीच सहमति हुन सकेको छैन ।
मोराटाले सन् २०१४-१६ सम्म युभेन्टसमा खेलाडी लिग उपाधि जितेका थिए । युभेन्टसमा उच्च प्रदर्शन गरेका उनलाई त्यसपछि रियलले फिर्ता लागेको थियो । तर रियलले उनलाई चेल्सीमा बेचेपनि प्रिमियर लिगमा खेल्न नसक्दा उनी एटलेटिको पुगेका थिए । मोराटा युभेन्टसमा खेल्दा क्लबले च्याम्पियन्स लिग फाइनलको यात्रा तय गरेको थियो ।
मोराटाकी पत्नी पनि इटालियन रहेको र दुवैले इटाली फर्कने इच्छा देखाएका छन् । युभेन्टसले पनि हाललाई मोराटा लोनमा अनुबन्ध गर्ने र अर्को सिजन रकम तिर्ने प्रतिवद्धता जनाएको छ । एटलेटिकोले बार्सिलोनाका लुइस सुआरेजलाई विकल्पका रुपमा हेरेको छ । बार्सिलोनाले सम्झौताबाट फुकुवा गरेको खण्डमा सुआरेज एटलेटिको जाने सम्भावना छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]