5 years ago
September 21, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस क्लब एट्लेटिको म्याड्रिड जान सक्ने सम्भावना बढेको छ ।

सुआरेजले इटालीको नागरिकता पाउन समय लाग्ने भएपछि इटालियन महारथी युभेन्टसले सुआरेज अनुबन्धबाट हात झिकेपछि उनी अर्काे स्पेनिस क्लबसँग जोडिएका हुन् । बार्सिलोनाले यसअघि नै सुआरेज आफ्नो योजनामा नरहेको बताइसक्दा प्रशिक्षक रोनाल्ड कोम्यानले सुआरेजलाई फोनमार्फत नै आफ्नो योजनामा नरहेको बताइसकेका छन् ।
सुआरेज एट्लेटिको म्याड्रिड आउने एकमात्रै सम्भावना रहेको छ । जसका लागि एट्लेटिकोले आफ्ना चेल्सीका फ्लप स्पेनिस फरवार्ड अल्भारो मोराटालाई लोनमा युभेन्टस पठाएर सुआरेजलाई अनुबन्ध गर्न सक्नेछ ।

स्पेनिस आउटलेट आरएसीका अनुसार युभेन्टसमा ढोका बन्द भएपछि सुआरेजको अर्काे गन्तव्य एट्लेटिको म्याड्रिड रहेको बताएका छन् । सुआरेजको प्रस्थानले एट्लेटिकोलाई इंग्लिस क्लब चेल्सीका पुर्व फरवार्ड मोराटालाई लोनमा पठाउने सम्भावना छ ।
सुआरेजले गत साता नै इटालीको नागरिकताका लागि परिक्षा दिएर उतिर्ण पनि भइसकेका छन् । ट्रान्सफर विन्डो अक्टोबर ५ मा सकिने हुदा सो समयभित्र नै सुआरेजको नागरिकताको कागजी प्रक्रिया नसकिने भएकाले युभेन्टसका प्रशिक्षक आन्द्र पिर्लाेले सुआरेज अनुबन्ध तत्काल सम्भव नरहेको बताएका छन् । नन युरोपियन खेलाडीको रुपमा अनुबन्ध गर्नको लागि पनि युभेन्टसको कोटा पुगिसकेको छ । युभेन्टसमा नन युरोपियनका दुई खेलाडी आर्थर मेलो र वेस्टन म्याकेनी आइसकेका छन् ।

इटालियन आउटलेट गेज्जेट डेल्लो स्पोर्टले प्रशिक्षक पिर्लाेको भनाईलाई उद्दृत गर्दै सुआरेज अनुबन्ध गाह्रो रहेको उल्लेख गरेका छन् । ‘सुआरेजको नागरिकता र राहदानी प्रक्रिया लामो छ । त्यसकारण यो अनुबन्ध तत्कालका लागि जटिल छ ।’
युभेन्टसमा उनको अनुबन्ध हुने सम्भावना सकिएपछि एट्लेटिको सुआरेज अनुबन्धमा जोडिएको छ । एट्लेटिकोका प्रशिक्षक डिएगो सिमिओनले आफ्ना फरवार्ड डिएगो कोस्टाको साथ खोजिरहेको छ । २७ वर्षीय स्पेनी खेलाडी मोराटाले दुई सिजन युभेन्टसबाट खेलिसकेका छन् । उनले युभेन्टसबाट ९३ खेलमा ३७ गोल गरेका थिए । युभेन्टस २०१५ मा युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्दा मोराटा टोलीका महत्त्वपुर्ण सदस्य रहेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]