5 years ago
September 21, 2020
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व स्टार इडिन्सन काभानी अहिले क्लबविहिन छन् । अब उनलाई भित्राउन विषयमा स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडमा चर्चा सुरु भएको छ ।

च्याम्पियन्स लिगको बाँकी खेलमा अनुपस्थित रहेका काभानीले पछिल्लो मेमा फ्री ट्रान्सफरमा पिएसजी छाडेका थिए । पिएसजीमै रहँदा पनि उनी विभिन्न क्लबमा जाने विषयमा चर्चा भएपनि त्यसले मुर्तरुप भने लिएको थिएन । ला लिगाको नयाँ सिजनमा रियलले आइतबार रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेपछि काभानीको विषयले प्रवेश पाएको छ ।
काभानी दोस्रो रोजाइको फरवार्डका रुपमा अनुबन्धित हुने हुँदा उनले माग गरेको पारिश्रमिकमा रियल सहमति जनाउनेमा भने शंका रहेको छ । उनलाई बार्षिक ७ मिलयन युरो पारिश्रमिक दिनुपर्ने हुनसक्छ । यद्दपी ट्रान्सफर रकम तिर्न नपर्ने भएकाले रियलले उनलाई भित्राउने विषयलाई गम्भिरतापूर्वक लिने सम्भावना पनि छ ।
पिएसजी छाडेपछि युभेन्ट्स, रोमान, ग्रिमियो, बेनफिका र एट्लेटिको म्याड्रिडले उनीसँग सम्झौता गर्ने विषयमा काभानीका प्रतिनिधि रहेको भाई फर्नान्डोसँग छलफल चलाएको थियो । अहिले भने काभानी स्वदेश उरुग्वेमा स्व-अभ्यासमा व्यस्त छन् ।
पिएसजीमा झन्डै सात वर्ष बस्दा ७ पटक लिग वान जितेका काभानीले १९ वटा उपाधि जितेका थिए । पिएसजीले अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीलाई अनुबन्ध गरेपछि काभानीले सम्झौता नविकरण नगर्ने निर्णय लिएका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]