5 years ago
September 22, 2020
एजेन्सी – साविकको उपविजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो ।

वल्भ्समा सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए ।
घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्दा सिटीले २०औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । रोमेन सइसले पेनाल्टी बक्समा केचिन डि ब्रुयन माथि अनावश्यक ट्याकल हानेपछि प्राप्त पेनाल्टीमा ब्रुयन आँफैले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसअघि १२औं मिनेटमा ग्याब्रियल जेससलाई फल गरेपछि प्राप्त फ्रिकिकमा ब्रुयनको २० यार्ड टाढादेखिको प्रहार वल्भ्सका गोलरक्षक रुई प्याट्रिसियोले पञ्च गर्दै बचाए ।

३१औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । रहिम स्ट्रलिङको लो क्रस पासमा फोडेनले पेनाल्टी बसभित्रबाट सहजै गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा ब्रुयन र जेससको उत्कृष्ट समन्वयमा राम्रो मुभ बनेपनि रुई प्याट्रिसियो बाधक बन्दा सिटीले थप गोल गर्न सकेन ।
दोस्रो हाफको सुरुवातमा भने वल्भ्सले सिटीलाई दवावमा राख्दै ८ मिनेटको अन्तरमा चार आक्रमण बुनेपनि सदुपयोग गर्न नसक्दा वल्भ्सले गोल अन्तर घटाउन सकेन । ५६औं मिनेटमा ड्यानियल पोडेन्सको प्रहारलाई सिटीका डिफेन्डर बेन्जामिन मेन्डीले ब्लक गरे । ५८औं मिनेटमा पेड्रो नेटोको पासमा पोडेन्सले १५ यार्डमा अवसर पाएपनि सदुपयोग गर्न सकेन । त्यसपछि रुवेन नेभेसले प्रयास गरेपनि फोडेनले ब्लक गर्दै गोल टारे ।
६१औं मिनेटमा पोडेन्सले दुई डिफेन्डर नाथन एके र जोन स्टोन्सलाई बिट गर्दै गरेको प्रहारमा सिटीका गोलरक्षक इडर्सन मोरेस बाधक बन्दा वल्भ्स अग्रता घटाउनबाट चुक्यो । लगत्तै राउल जिमिनेजको सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

७३औं मिनेटमा जेससले गोल गरेपनि भिएआरको मान्यता पाएन । फिल फोडेनको थ्रु पासमा जेसस शुरुमै आफसाइड पोजिसनमा रहेको भिएआरमा देखिएको थियो । ७८औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै वल्भ्सलाई खेलमा फर्काउने संकेत दिए । डि ब्रुयनलाई बिट गर्दै दिएको उत्कृष्ट क्रसमा जिमिनेजले हेडुरमार्फत जाली चुमाएका थिए ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा जेसस चुकेपनि पाँचौ मिनेटमा जेससले गोल गर्दै सिटीलाई ३–१ को सहज जित दिलाए । जेससले केभिन डि ब्रुयनको पासमा गोल गर्न सफल भएका थिए । जितसँगै सिटीको ३ अंक जोडेको छ । वल्भ्सको यो पहिलो हार हो । यसअघि वल्भ्सले सेफिल्डलाई हराएको थियो ।
यस्तै अर्काे खेलमा एस्टन भिल्लाले १० खेलाडीमा समेटिएको सेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ । भिल्लाको जितमा इज्री कोन्साले ६३औं मिनेटमा गरेको गोल नै भिल्लाको जितमा पर्याप्त बन्यो ।
त्यसअघि खेलको १२औं मिनेटमा जोन इगन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेफिल्ड १० खेलाडीमा समेटिएको थियो । ३६औं मिनेटमा जोन लन्डस्ट्राम पेनाल्टीमा चुक्दा सेफिल्डले अग्रता लिने अवसर गुमाएको थियो । भिल्लाले पहिलो खेलमा नै सफलता हात पारेको हो । सेफिल्डको यो लगातार दोस्रो हार हो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]