5 years ago
September 22, 2020
एजेन्सी – स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचको उच्च प्रदर्शनमा एसी मिलानले इटालियन सिरी ए अन्तर्गत सोमबार राति बोलोग्नामाथि २-० को जित दर्ता गर्यो ।

मिलानको जितमा दुवै गोल ज्लाटनले नै गरेका थिए । तर उनले खेलपछि बोल्ने क्रममा आफू युवा उमेरको भएको भए ४ गोल गर्न सक्ने दावी गरे । ज्लाटनले पहिलो हाफमा थिओ हर्नान्डेजको क्रसमा हेडरमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले पेनाल्टीमार्फत अग्रता दोब्बर पारे ।
ज्लाटनले दोस्रो हाफमा ह्याट्रिक पूरा गर्ने अवसर पनि पाएका थिए । गोलरक्षक लुकास स्कोरुप्सकीलाई छलाएर ज्लाटनले गरेको प्रहार पोस्टभन्दा केहि माथिबाट गयो । ज्लाटनले व्यक्तिगत ह्याट्रिक मात्र होइन लिगको इतिहासमा नै ह्याट्रिक पूरा गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बन्ने किर्तिमानबाट पनि चुके ।
‘म एकदम राम्रो स्थितिमा छु । यो नयाँ सिजनको दोस्रो औपचारिक खेल हो । हामीले जित हासिल गर्यौं, तर म अझौ गोल गर्न सक्थें । आजको खेलमा मेरो उमेर २० वर्ष हुँदो हो त मैले अझ २ गोल थप्न सक्थें । म बेन्जामिन बटन जस्तै हुन्, म बुढो जन्मिए र युवा भएर मर्नेछु,’ ज्लाटनले भने ।

मिलानले नयाँ सिजनमा सकारात्मक सुरुवात गरेको छ । गत सिजन अन्तिम १२ खेलमा ९ जित र ३ बराबरी गरेको मिलानका लागि ज्लाटनले उच्च प्रदर्शन गरेका थिए । लिगमा खेलेका १८ खेलमा उनले १० गोल र ५ असिस्टको योगदान दिएका थिए ।
‘हामी अझै शत प्रतिशत तयार भइसकेका छैनौं । हामीले सामान्यतया नगर्ने गल्ति पनि गरिरहेका छौं । आज पिलो खेल जितेर सुखद सुरुवात गर्न आवश्यक थियो । हाम्रो लक्ष्य पछिल्लो सिजनभन्दा राम्रो नतिजा ल्याउनु हो ।’
‘युवा खेलाडीहरुले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । उनीहरु मिहिनेत गर्छन, हामीले भनेको सुन्छन् र अनुशासित छन् । हरेक दिन कडा परिश्रम गरेर ध्यान दिनुपर्छ भन्ने बुझेका छन् । हामीले यसपटक एक-एक खेललाई लिएर अगाडी बढेको छौं । हरेक खेललाई फाइनलको रुपमा हेर्नेछौं ।’
‘म जिम्मेवारी लिन उत्सुक छु । सबैभन्दा बढी दबाब आफैंबाट हुन्छ । म कसैले पनि मेरो उमेरबारे चर्चा गरेको हेर्न चाहन्न । म सबैलाई उस्तै स्तरमा मापन गरेको हेर्न चाहन्छु । म ३८ वर्ष भए भन्दैमा अरुको तुलनामा कुनै छुट नहोस ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]