default_image

5 years ago

September 22, 2020

रोनाल्डोको सम्मानमा एकेडेमी नामाकरण

177 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज क्लब स्पोर्टिङ (सीपी) लिस्वनले आफ्नो पुर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोको सम्मानमा एकेडेमीको नाम नै ‘एकेडेमिया क्रिस्टियानो रोनाल्डो’ नामाकरण गरेका छन् ।

लिस्वनले रोनाल्डो क्लब इतिहासकै सर्वोकृष्ट खेलाडी भएको कारण उनको नाममा एकेडेमीको नामाकरण गरिएको जनाएको छ । पोर्चुगलका कप्तान समेत रहेका ३५ वर्षीय रोनाल्डोले लिस्वनबाटै आफ्नो व्यावसायिक करियरको सुरुवात गरेका थिए ।

रोनाल्डो १९९७ देखि २००२ सम्म लिस्वनबाट आफ्नो युथ करियर विकास गरेका थिए । त्यसपछि उनले लिस्वनको ‘बी’ टिम हुँदै सिनियर टोलीमा समेत आफ्नो प्रभाव छाडेका थिए । त्यसबेला उनी पोर्चुगिज लिगको उत्कृष्ट युवा खेलाडीको रुपमा स्थापित भइसकेका थिए । लिस्बनमा उच्च प्रदर्शन गरेपछि उनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र प्रशिक्षक सर एलेक्स फर्गुसनको नजरमा परेका थिए ।

लिस्बनमा ए सिजन बिताएपछि नै उनी १८ वर्षको उमेरमा १२ मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्ध भएका थिए । उनले युनाइटेडमा रहँदा तीनपटक प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग र एकपटक बालोन डिओर जितेका थिए । लिस्बनका लागि उनले ३१ खेलमा ५ गोल गरेका थिए । युनाइटेड आएपछि भने रोनाल्डो विश्वकै उत्कृष्ट फरवार्डको रुपमा चिनिएका थिए ।

प्रिमियर लिग क्लबमा ६ वर्ष बसेर रोनाल्डो सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिड आएका थिए । रोनाल्डो रियलमा ९ वर्ष बिताएर २०१८ मा युभेन्ट्स आएका हुन् । रोनाल्डोले क्लब फुटबलमा सबै उपाधि जितेका छन् । रोनाल्डो तीन फरक देशको लिगको उपाधि जित्ने खेलाडी समेत हुन् । रोनाल्डोले सेप्टेम्वर दोस्रो साता मात्रै पोर्चुगलका लागि १ सय १ गोलको आँकडा पार गरेका छन् ।

यही आधुनिक फुटबलमा आफ्नो प्रभाव जमाउन सफल रोनाल्डोको सम्मानमा एकेडेमीको नाम नै ‘एकेडेमिया क्रिस्टियानो रोनाल्डो’ राखेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ‘क्रिस्टियानो रोनाल्डोले यस क्लबलाई आफ्नै घर बनाएका छन् । अब उनै विश्वको सर्वश्रेष्ठ खेलाडी, पोर्चुगलका महान खेलाडी, पाँच पटकको बालोन डिओर विजेता, पाँचपटकको च्याम्पिपयन्स लिग विजेता र पोर्चुगलको कप्तान उनको नामको सम्मानमा एकेडेमीको नाम नै ‘एकेडेमिया क्रिस्टियानो रोनाल्डो’ राखेका छौं,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्लबले एकेडेमीको यो नामले अन्य युवा प्रतिभाहरुलाई माथि आउन थप प्रेरणा मिल्ने बताएको छ । क्लबले एकेडेमीको नाम नै ‘एकेडेमिया क्रिस्टियानो रोनाल्डो’ घोषण गरेपनि आधिकारिक रुपमा उपयुक्त मितिमा घोषणा गर्ने बताएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.