5 years ago
September 22, 2020
एजेन्सी– रियल म्याड्रिडका टोनी क्रुसले आफ्ना कप्तान सर्जियो रामोसको खुलेर प्रशंसा गरेका छन् । उनले रामोसबाट धेरै सिक्न पाएको बताएका छन् ।

स्पेनिस रक्षक रामोसका बारेमा सकारात्मक वा नकारात्मक टिप्पणी हुने गरेका छन् । तर, जर्मन मिडफिल्डर क्रुस भने रामोसको नेतृत्व क्षमताबाट निकै प्रभावित छन् । उनले आफ्नो अनुभवमा नेतृत्व कर्तामा रामोसको तरिका अरुको भन्दा फरक छ ।
‘जति बेला रामोसले आफ्नो विचार अभिव्यक्त छन् त्यो टोलीका लागि उपयुक्त हुन्छ । उनी विना आग्रह भन्ने गर्छन,’ क्रुसले भनेका छन्,’ त्यो साधारण विषय होइन । मैले पहिला त्यस्तो देखेको छैन । त्यसैले हामी जहिले पनि कप्तानका विषयमा छलफल गर्छौ । मेरो विचारमा उनी एक उत्कृष्ट नेतृत्वकर्ता हुन् ।’
रामोस आफ्नो कप्तान हुँदा निकै खुसी अनुभव गरेको पनि क्रुसले बताएका छन् । ‘म उनीबाट धेरै सिकिरहेको हुन्छ । उनकै अनुसार मबाट पनि उनले सिक्छन् । उनी त्यो कप्तान हुन् जो आसाधारण छन् ,’ क्रुसले थपे , ‘क्लबका उनको भनाईको सबैले गभ्रितापूर्वक सुन्छन् । रामोस नेतृत्व क्षमताका उदाहरण हुन् ।’
क्रुसले टोलीका प्रशिक्षक जिनेदिन जिदानको पनि तारिफ गरेका छन् । जिदानले पनि टोलीलाई पूर्ण रुपमा नियन्त्रणमा राखेको उनको अनुभव छ । ‘उनी एउटा महान खेलाडी हुन् । विषयलाई बुझ्नमा उनको क्षमता छ ,’ उनले भने, ‘स्टारहरुको समूहलाई पनि उनले उत्कृष्ट ढंगले व्यवस्थापन गरेका छन् । उनी हरेक खेलाडीका बारेमा जानकार छन् । रियल उनको नियन्त्रणमा छ ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]