default_image

5 years ago

October 1, 2020

यूईएफए अवार्डमा बायर्नको वर्चस्व

337 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगसहित गत सिजन तेहेरो उपाधि जितेको जर्मन क्लब बायर्न म्युनिखका खेलाडीले यूईएफएको वर्ष खेलाडी अवार्डमा वर्चस्व जमाएका छन् । यस्तै महिलातर्फ लगातार पाँचौ उपाधि जितेको लियोनका खेलाडीको वर्चस्व रहयो ।

यूईएफए प्रेसिडेन्टस अवार्ड आइभोरी कोस्टका फरवार्ड डीडीएर ड्रोग्बाले हासिल गरे । यूईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिनले प्रदान गर्ने यस अवार्ड ड्रोग्बाले खेलसँगै सामाजिक उत्तरदायित्व पूरा गरेको कारण प्राप्त गरेका हुन् । इंग्लिस क्लब चेल्सीबाट खेल्दै सन् २०१२ मा च्याम्पियन्स लिग जित्दा ड्रोग्बा जितका नायक बनेका थिए । उनले फाइनलमा बायर्न म्युनिखविरुद्ध बराबरी गोल गर्दै विजयी पेनाल्टी प्रहार गरेका थिए ।

महिलातर्फ:

उत्कृष्ट गोलरक्षक : सारा बुहाद्दी  (ओलम्पिक लियोन)

उत्कृष्ट डिफेन्डर : वेन्डी रेनार्ड (ओलम्पिक लियोन)

उत्कृष्ट मिडफिल्डर : जेनिफर मारोज्सान (ओलम्पिक लियोन)

उत्कृष्ट फरवार्ड : पेर्निल हार्डर (वल्फ्सबर्ग)

उत्कृष्ट प्रशिक्षक : जान लुक भासेर (ओलम्पिक लियोन)

वर्षको सर्वोत्कृष्ट खेलाडी : पेर्निल हार्डर (वल्फ्सबर्ग)

पुरुषतर्फ :

उत्कृष्ट गोलरक्षक : म्यानुएल नोएर (बायर्न म्युनिख)

उत्कृष्ट डिफेन्डर : जोशुआ किम्मिच (बायर्न म्युनिख)

उत्कृष्ट मिडफिल्डर : केभिन डे ब्रुएन (म्यानचेस्टर सिटी)

उत्कृष्ट फरवार्ड : रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख)

उत्कृष्ट प्रशिक्षक : हान्सी फ्लिक (बायर्न म्युनिख)

वर्षको सर्वोत्कृष्ट खेलाडी : रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख)

यो पनि :

च्याम्पियन्स लिगमा युभेन्टस र बार्सिलोना एकै समूहमा

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.