default_image

4 years ago

November 8, 2020

नेयमार र एमबाप्पेविनै पीएसजीको सानदार जित

41 views

0 Bookmark

एजेन्सी – मुख्य फरवार्डद्धय नेयमार र केलियन एमबाप्पेको अनुपस्थितिमा अर्जेन्टिनी विंगर एन्जल डि मारियाले दुई गोल र एक असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा रेनेसलाई सहजै हराएको छ ।

पीएसजीले रेनेसमाथि ३–० को सहज जित निकालेको हो । अर्काे एक गोल मोइस किनले गरे । चोटका कारण दुवै खेलाडी टोली बाहिर छन् । पार्क डि प्रिन्सेसमा शनिबार राति भएको खेलमा घरेलु टोली पीएसजीले खेलको ११औं मिनेटमा मोइस किनको गोलबाट अग्रता लिएको थियो । उनले डि मारियाको पासमा गोल गर्न सफल भएका थिए ।

२१औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले एन्डर हेरेराको पासमा गोल गरेका थिए । २७औं मिनेटमा स्टेभेन एनजोन्जीको फ्लिक हेडर पोस्ट नजिकैबाट बाहिरिदा रेनेसले गोल अन्तर घटाउनबाट चुक्यो ।

प्रतिस्पर्धात्मक दोस्रो हाफको ७३औं मिनेटमा डि मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले कोलिन डग्वाको पासलाई सदुपयोग गरेका थिए । ७५औं मिनेटमा रेनेसले अर्काे अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १० खेलबाट २४ अंक पुगेको छ । पराजित रेनेस १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.