default_image

3 years ago

November 12, 2020

इंग्ल्यान्ड र आयरल्यान्ड खेल्दै

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज बिहीबार राति इंग्ल्यान्डले घरेलु मैदानमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । युइएफए नेसन्स लिगको दुई मैत्रीपुर्ण खेलका लागि विभिन्न राष्ट्रहरुले मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । घरेलु टोली इंग्ल्यान्ड आयरल्यान्डलाई हराउदै नेसन्स लिगको लागि तयार रहेको संकेत दिन चाहन्छ । टोलीसँग […]

44 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज बिहीबार राति इंग्ल्यान्डले घरेलु मैदानमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

युइएफए नेसन्स लिगको दुई मैत्रीपुर्ण खेलका लागि विभिन्न राष्ट्रहरुले मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । घरेलु टोली इंग्ल्यान्ड आयरल्यान्डलाई हराउदै नेसन्स लिगको लागि तयार रहेको संकेत दिन चाहन्छ ।

टोलीसँग ह्यारी केन, मासन माउन्ट, मार्कुस रासफोर्ड, डोमिनिक काल्भर्ट लेविन, जेडान सान्चो, जोर्डन हेन्डरसन, जोर्डन पिकफोर्ड, ज्याक ग्रेयलिस, ह्यारी विङ्स र जोसेप गोमेजलगायतका खेलाडीहरु रहेका छन् ।

यता, आयरल्यान्ड पनि इंग्ल्यान्डलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग कलुम रोविन्सन, जेम्स म्याक्लिन, केभिन लङ, माट डोहर्थी र गोलरक्षक डारेन रान्डोलफ लगायतका खेलाडी छन् ।

यि दुईटोली हालसम्म दुईपटक प्रतिस्पर्धा कुनै पनि टोलीले जित निकाल्न सकेको छैन । यि दुई टोलीले २०१५ पछि पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । त्यतिबेलाको खेल गोलरहित बराबरीमा टुगिंएको थियो । त्यसअघि २०१३ को मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसैले दुवै टोली जितको लक्ष्यमा मैदान उत्रनेछ ।

अन्य खेल

माल्दोभाविरुद्ध रसिया (राति १०ः४५ बजे), जर्जियाविरुद्ध नर्थ म्यासेडोनिया (राति १०ः४५ बजे)
हंगेरीविरुद्ध आइसल्यान्ड (राति १ः३० बजे), नर्दन आयरल्यान्डविरुद्ध स्लोभाकिया (राति १ः३० बजे),
वेल्सविरुद्ध अमेरिका (राति १ः३० बजे)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.