default_image

3 years ago

November 13, 2020

डेब्यु गर्ने प्रतीक्षामा ९ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दुई खेलको मैत्रीपूर्ण सिरी अन्तर्गत आजको खेल साँझ ४:४५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध खेलमा केहि नयाँ खेलाडीले अवसर पाउने अपेक्षा गरिएको छ । पहिलो पटक राष्ट्रिय टोलीमा परेका ८ खेलाडीसहित कुल ९ खेलाडीले अझैपनि राष्ट्रीय टोलीबाट डेब्यु गरेका छैनन् […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दुई खेलको मैत्रीपूर्ण सिरी अन्तर्गत आजको खेल साँझ ४:४५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध खेलमा केहि नयाँ खेलाडीले अवसर पाउने अपेक्षा गरिएको छ । पहिलो पटक राष्ट्रिय टोलीमा परेका ८ खेलाडीसहित कुल ९ खेलाडीले अझैपनि राष्ट्रीय टोलीबाट डेब्यु गरेका छैनन् । मैत्रीपूर्ण खेलमा ५ जनासम्म खेलाडी परिवर्तन गर्न पाइने हुनाले पनि केहि खेलाडीले आज नै डेब्यु गर्ने सम्भावना छ ।

विशाल श्रेष्ठ :

गोलरक्षक विशाल राष्ट्रिय टोलीमा परेको झन्डै एक दशक बित्न लाग्दा पनि डेब्युको अवसर पाएका छैनन् । कहिले चोट त कहिले तीव्र प्रतिस्पर्धाका कारण विशालले अवसर पाउन नसकेका हुन् । यसपटक मैत्रीपूर्ण सिरिजमा भने विशालले अवसर पाउने सम्भावना छ । मछिन्द्रबाट लिग जितेका विशालले यसअघि मनाङको जर्सीमा पनि थुप्रै सफलता हासिल गर्दै आएका छन् ।

एरिक विष्ट :

एनआरटीको मिडफिल्डमा खेल्दै आएका एरिक एन्फा एकेडेमी र बाँसबारी क्लबका उत्पादन हुन् । उनी पछिल्लो पटक प्रशिक्षणमा सहभागी हुन कोरोनाबाट संक्रमित भएका थिए । उनले उमेर समूहको राष्ट्रिय टोलीबाट खेल्दै सन् २०१८ मा भुटानमा भएको साफ यू-१८ समेत जितेका थिए ।

विकास खवास

१३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा टोलीका मुख्य सदस्य रहेका विकास उमेरले १९ वर्ष पुग्दैछन् । त्रिभुवन आर्मी क्लबको सिनियर टोलीमा नियमित स्थान बनाएका उनी २०७५ सालको ए डिभिजनमा उदियमान खेलाडी घोषित भएका थिए ।

दर्शन गुरुङ

ए डिभिजन लिगको उदीयमान खेलाडी दर्शन आक्रामक मिडफिल्डर हुन् । एनआरटीका लागि उत्कृष्ट प्रदर्शन गरेका उनी गतवर्ष यू-१६ टोलीबाट खेलिरहेका थिए । लिगमा उच्च प्रदर्शन गरेपछि उनी सिनियर टोलीमा परेका हुन् ।

दीप कार्की

ए डिभिजन लिगका उत्कृष्ट गोलरक्षक घोषित दीपले अघिल्लो सिजन मनाङको गोलरक्षण सम्हाले । ए डिभिजनमा पहिलो रोजाइका रुपमा सिधै मनाङबाट खेलेका उनी १३ औं दक्षिण एसियाली खेलकुदमा पनि टोलीमा रहेका थिए ।

दिलेन लोक्ताम

जावलाखेलका डिफेन्डर दिलेनले लिगमा उच्च प्रदर्शन गरेका थिए । जावलाखेलले ठूला टोलीबाट अंक खोस्दा उनको प्रदर्शनले कालिनलाई लोभ्याएको थियो । उमेरले ३० वर्ष काटेपनि घरेलु फुटबलको अनुभव भरपुर बोकेका उनी पहिलो पटक प्रारम्भिक छनोटमा परेका हुन् ।

पुजन उपरकोटी

मनाङको मिडफिल्ड सम्हाल्दै आएका पुजनले झापा-११ बाट आफ्नो करिअर सुरु गरेका थिए । उनले च्यासलबाट बि डिभिजन खेलेपछि मनाङको यात्रा तय गरेका थिए । यू-२३ उमेर समूहमा पनि उनले नेपालको प्रतिनिधित्व गरेका छन् ।

सेसेहाङ आङदेम्बे

ए डिभिजन लिगमा आर्मीको मिडफिल्ड सम्हालेका सेसेहाङलाई नेपालको भविष्यको रुपमा हेरिएको छ । १३ औं दक्षिण एसियाली खेलकुदमा टोलीमा रहेका उनले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका छन् । एन्फा एकेडेमीका उत्पादन उनले नियमित आर्मीमा सिनियर फुटबल खेल्दै आएका छन् ।

छिरिङ गुरुङ

डिफेन्डर छिरिङ गुरुङ च्यासलले गत सिजन औसत प्रदर्शन गर्दाका मुख्य खेलाडीमध्य थिए । उनी १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा पनि टोलीमा थिए । नेपालको उमेर समूह टोलीबाट खेल्दै आएका उनी पहिलोपटक टोलीमा परेका हुन् ।

नेपाली टोली : अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.