default_image

3 years ago

November 15, 2020

रजिनको कोरोना नेगेटिभ

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रजिन धिमालको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । मैत्रीपूर्ण खेल सिरिजका लागि बंगलादेश पुगेका रजिनलाई त्यहाँ पुगेर गरिएको दोस्रो परिक्षणमा पोजेटिभ देखिएको थियो ।

बंगलादेश पुगेपछि पहिलो परिक्षणमा नेगेटिभ आएपनि उनको दोस्रो नतिजा पोजेटिभ आएको थियो । पोजेटिभ आएपछि उनि छुट्टिएर बसेका थिए । उनको रिपोर्ट नेगेटिभ आएसँगै अब टोलीमा समावेश हुने सम्भावना रहेको छ । रजिनसँगै नेपाली टोलीमा अन्य सबैको नतिजा नेगेटिभ आएको छ ।

पहिलो खेलमा रजिन अनुपस्थित रहँदा सुमन अर्यालले लेफ्ट ब्याकको भूमिकामा खेलेका थिए । मछिन्द्र क्लबबाट लिग जितेका रजिनले झन्डै ६ वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले अर्को खेलमा खेल्ने सम्भावना रहेको छ ।

यस्तै बंगलादेश राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जेमी डेलाई कोरोना संक्रमण भएको छ । जेमीकै नेतृत्वमा बंगलादेशले शुक्रबार नेपालको सामना गरेको थियो । शनिबार गरिएको परिक्षणमा प्रशिक्षक जेमीको नतिजा पोजेटिभ आएको हो ।

जेमीलाई हल्का रुघा देखिएको र अहिले नतिजा पोजेटिभ आएपछि सेल्फ आइसोलेसनमा रहेको बुझिएको छ । उनले नेपालविरुद्ध हुने मंगलबारको खेल गुमाउने छन् ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.