default_image

3 years ago

November 28, 2020

लिभरपुललाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति मर्सिसाइड क्लब लिभरपुलले ब्राइटनसँग प्रतिस्पर्धा ष्र्दै छ । खेल साँझ ६ः१५ बजे ब्राइटनको मैदानमा हुनेछ । लिभरपुल घरेलु टोली ब्राइटनलाई पराजित गर्दै कम्तीमा एक दिन शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । लिभरपुल ९ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान खेलबाट टोटेनहम गोलअन्तरमा शीर्षस्थानमा रहेको छ […]

41 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति मर्सिसाइड क्लब लिभरपुलले ब्राइटनसँग प्रतिस्पर्धा ष्र्दै छ । खेल साँझ ६ः१५ बजे ब्राइटनको मैदानमा हुनेछ ।

लिभरपुल घरेलु टोली ब्राइटनलाई पराजित गर्दै कम्तीमा एक दिन शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । लिभरपुल ९ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान खेलबाट टोटेनहम गोलअन्तरमा शीर्षस्थानमा रहेको छ ।

शीर्षस्थानको टोटेनहमले आइतबार राति चेल्सीको सामना गर्दैछ । ब्राइटनसँगको बराबरीले पनि लिभपुल शीर्षस्थानमा उक्लनेछ । पराजित भएको खण्डमा लिभरपुल दोस्रो स्थानमा नै यथावत रहनेछ ।

मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिन्हो, डिएगो जोटा, ताकुमी मिनामिनो, जेम्स मिल्नर, जर्जिन्हो वाइनाल्डम, एन्ड्रिउ रोबर्टसन, फाविन्हो र गोलरक्षक एलिसन बेकर टोलीसँग रहनेछ ।
चोटका कारण एलेक्स अक्सलेड चेम्वरलेन, जोइ गोमेज, जोर्डन हेन्डरसन, नावी केइटा, थियागो अलकान्तरा र भर्जिल भान डाइक टोलीमा हुनेछैन ।

यता, ९ अंक जोडेर १६ स्थानमा रहेको ब्राइटन पनि लिभरपुललाई पराजित गर्दै अंक तालिका मजवुत बनाउन दाँउमा हुनेछ । ड्यानी वेलवेक, निल मोउपे, पास्कल ग्रस, जोएल भेल्टमन, लेविस डन्क र गोलरक्षक म्याथ्यु रायन टोलीसँग रहेका छन् ।

यि दुई टोली हालसम्म ८ पटक प्रतिस्पर्धा गर्दा सबै भेटमा लिभरपुल विजयी भएको छ । लिभरपुल सोही जितको लयलाई निरन्तरता दिने दाँउमा रहँदा ब्राइटन लिभरपुलसँगको हारको यात्रालाई पुर्णविराम लगाउने दाँउमा हुनेछ ।

अन्य खेल
म्यानचेस्टर सिटीविरुद्ध बर्नली (राति ८ः४५ बजे), एभर्टनविरुद्ध लिड्स (राति ११ः१५ बजे, वेस्टब्रुमविरुद्ध सेफिल्ड (राति १ः४५ बजे)

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.