default_image

3 years ago

December 3, 2020

जिरुउडको चार गोलमा चेल्सीको सानदार जित

एजेन्सी – फ्रेन्च फरवार्ड ओलिभर जिरुउडको चार गोल सहयोगमा लन्डन क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब सेभियामाथि ४–० को सानदार जित हात पारेको छ । चेल्सीले सेभियालाई उसकै मैदानमा फराकिलो जित निकालेको हो । जिरुउडले पहिलो हाफमा १ तथा दोस्रो हाफमा तीन गोल गरेको थियो । रमन सान्चेज पिजुवानमा बुधबार राति भएको खेलमा पाहुना […]

51 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड ओलिभर जिरुउडको चार गोल सहयोगमा लन्डन क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब सेभियामाथि ४–० को सानदार जित हात पारेको छ ।

चेल्सीले सेभियालाई उसकै मैदानमा फराकिलो जित निकालेको हो । जिरुउडले पहिलो हाफमा १ तथा दोस्रो हाफमा तीन गोल गरेको थियो । रमन सान्चेज पिजुवानमा बुधबार राति भएको खेलमा पाहुना टोलीले खेलको आठौं मिनेटमा अग्रता लिएको थियो । काई हार्भटजको पासमा जिरुउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

१९औं मिनेटमा ओस्कार रोड्रिग्वेजको प्रहारलाई चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डीले सहजै विफल पारे । २४औं मिनेटमा इभान राकिटिचको पासमा इड्रिसीको प्रहार फितलो बन्दा सेभिया बराबरीबाट चुक्यो ।

२७औं मिनेटमा क्रिस्टियन पुलिसिसको प्रहारलाई सेभियाका गोलरक्षक पास्टरले बचाए । ४९औं मिनेटमा गोन्काले गुइडेजको पासमा ओस्कारको प्रहार पोस्टनजिकैकाट बाहिरियो । ५४औं मिनेटमा माटियो कोभासिसको पासमा जिरुउडले व्यक्तिगत दोस्रो गोल गरे । ६९औं मिनेटमा मासन माउन्टले सुवर्ण अवसर खेर फाल्यो ।

७४औं मिनेटमा एङ्गोलो कान्टेको पासमा जिरुउडले गोल गर्दै ह्याट्रिक पुरा गरे । ८३औं मिनेटमा जिरुउडले पेनाल्टीमार्फत चौथो गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए । आफै पेनाल्टी बक्समा सर्जी गोमेजले फल गरेपछि प्राप्त पेनाल्टीमा उनी चुकेनन् ।

ओलभिर जिरुउड सन् २०१० पछि एकै खेलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । २०१० मा हालका प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्ध चार गोल गरेका थिए ।

यो यो फराकिलो जितसँगै अपराजित रहेको चेल्सी समूह ‘ई’ बाट समूह विजेता बन्दै प्रि–क्वाटरफानलमा पुग्न सफल भएको छ । चेल्सीको ५ खेलबाट १३ अंक छ । पराजित सेभिया १० अंकसहित दोस्रो हुदै नकआउट चरणमा प्रवेश गरेको छ । चेल्सीको ५ खेलबाट १३ अंक छ । पराजित सेभिया १० अंकसहित दोस्रो हुदै नकआउट चरणमा प्रवेश गरेको छ । क्रास्नोडरको ४ तथा रेनेसको १ अंक छ ।

यही समूहको अर्काे खेलमा रसियन क्लब क्रास्नोडरले फ्रेन्च क्लब रेनेसमाथि १–० को जित दर्ता गर्दै युरोपा लिगको प्ले अफ खेल्न सम्भावना बलियो बनाएको छ । क्रास्नोडरको जितमा मार्कुस वगले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.