default_image

3 years ago

December 3, 2020

रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा इटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा युक्रेनी क्लब डेनामो किएभमाथि सहज जित हात पारेको छ । घरेलु मैदानमा युभेन्टसले किएभमाथि ३–० को सहज जित निकालेको हो । युभेन्ट्सको जितमा रोनाल्डोसँगै अल्भारो मोराटा र फेडरिको चियसाले गोल गरे । ३५ वर्षीय रोनाल्डोले किएभविरुद्ध एक गोल गर्दै आफ्नो […]

44 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा इटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा युक्रेनी क्लब डेनामो किएभमाथि सहज जित हात पारेको छ ।

घरेलु मैदानमा युभेन्टसले किएभमाथि ३–० को सहज जित निकालेको हो । युभेन्ट्सको जितमा रोनाल्डोसँगै अल्भारो मोराटा र फेडरिको चियसाले गोल गरे ।

३५ वर्षीय रोनाल्डोले किएभविरुद्ध एक गोल गर्दै आफ्नो व्यवसायिक खेल करियरको ७५०औं गोल पुरा गरेका हुन् । रोनाल्डोले स्पेनिस क्लब रियाल म्याड्रिडबाट ४५०, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलको राष्ट्रिय टोलीबाट १०२, युभेन्टसबाट ७५ र पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ५ गोल गरेका छन् ।

यस्तै यस खेलबाट नै स्टेफेन फ्रापपार्ट च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन् । फ्रान्सकी स्टेफेन फ्रापपार्टले गत वर्ष अप्रिलमा फ्रेन्च लिग वान खेलाएकी थिइन् । उनले च्याम्पियन्स लिगको डेब्यु खेलमा तीन खेलाडीलाई पहेलो कार्ड देखाइन् । किएभको एक पेनाल्टीलाई अस्वीकार गरेकी थिइन् ।

एलिएन्ज स्टेडियम टोरिनोमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको २१औं मिनेटमा फेडरिको चियासाको गोलबाट अग्रता लिएको थियो । उनले एलेक्स सान्द्रोको पासमा गोल गरेका थिए ।

५७औं मिनेटमा रोनाल्डोले अल्भारो मोराटाको पासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा फेडरिको चियसाको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै समूह ‘जी’ मा युभेन्टस १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बार्सिलोनाको १५ अंक छ । किएभ र फेरेन्कभारोसको समान १ अंक छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.