default_image

3 years ago

December 3, 2020

मेस्सीविनै बार्सिलोना विजयी

39 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीलाई विश्राम दिइएको खेलमा क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पाँचौ खेलमा हंगेरियन क्लब फेरेन्कभारोसलाई उसकै मैदानमा ३–० ले हराएको छ ।

पुस्कास एरिनामा बुधबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा एन्टोइन ग्रिजमन, मार्टिन ब्रेथवेट र औसमाने डेम्वेलेले गोल गरे । सबै तीन गोल पहिलो हाफको २८ मिनेटभित्र सम्भव भएको थियो ।

खेलको १४औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए । २०औं मिनेटमा औसमाने डेम्वेलेको पासमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

२८औं मिनेटमा औसमाने डेम्वेलेले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । फ्रिमपोङले मार्टिन ब्रेथवेटलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो ।

३४औं मिनेटमा ग्रिजमन व्यक्तिगत दोस्रो गोल गर्नबाट चुके । ४८औं मिनेटमा ग्रिजमनको पासमा ट्रिन्काओको प्रहारलाई डिभालीले ब्लक गरे । ४९औं मिनेटमा घरेलु टोली फेरेन्कभारोसले अग्रता कम गर्ने अवसर खेर फाल्यो ।

सिगरको प्रहार क्लेमेन्ट लेङलेटलाई लाग्दै फर्कदा सिगरले पुन प्रहार गरेपनि सदुपयोग गर्न सकेन । ७३औं मिनेटमा लोभरेन्सिसले अर्काे सुवर्ण अवसर गुमाउदा घरेलु टोलीले अग्रता घटाउन सकेन । ८४औं मिनेटमा रिकी पुचले काउन्टर अट्याकमा डेम्वेलेलाई दिएको पासलाई उनले सदुपयोग गर्न सकेन ।

यो जितसँगै अपराजित रहेको बार्सिलोनाले समूह ‘जी’ मा ५ खेलबाट १५ अंक जोडेको छ । पराजित फेरेन्कभारोस १ अंकसहति पुछारमा छ । दोस्रो स्थानको युभेन्टसको १२ तथा डेनामो किएभको १ अंक छ ।

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

Success

Thank you for your time.