default_image

3 years ago

December 3, 2020

डर्टमुन्ड नकआउट चरणमा

34 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्ड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा इटालियन क्लब लाजियोसँग १–१ गोलको बराबरीमा रोकिएपनि डर्टमुन्ड शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुग्न सफल भएको हो ।

सिग्नल इडुना पार्कमा बुधबार राति भएको खेलमा घरेलु टोलीमा राफयल गुरेइरोले गोल गर्दा लाजियोका सिरो इमोबिलले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए ।

यो समूह ‘एफ’ बाट डर्टमुन्डले नकआउट चराण्मा स्थान पक्का गदा लाजियो र क्लब ब्रगमध्ये एक टोलीले नकआउट चरणमा स्थान बनाउनेछ । यि दुई टोलीबीच अर्काे साता प्रतिस्पर्धा हुदैछ । डर्टमुन्डले जेनिथसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको अन्तिम खेलबाट नै समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

डर्टमुन्ड १० अंक जोडेर शीर्षस्थानमा रहँदा लाजियोको ९ तथा क्लब ब्रगको ७ अंक छ । जेनिथ सेन्ट पिटर्सवग १ अंकसहित पुछारमा छ । लाजियोविरुद्ध प्रशक्षिक लुसियन फाभ्रेले अधिंकाश युवा खेलाडीलाई मौका दिएका थिए ।

युवा स्टार एर्लिङ ब्राउट हालान्डलाई विश्राम दिइदा जाडोन सान्चो दोस्रो हाफमा मैदान छिरेका थिए । युवा खेलाडीहरु जुडे बेलिङघम, जियोभानी रेना र माटिउ मोरेले पहिलो रोजाईमा अवसर पाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको ४४औं मिनेटमा थोर्गन हाजार्डको पासमा राफयल गुरेइरोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा सिरो इमोबिलले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । स्कल्जले पेनाल्टी बक्समा मिलिन्कोभिक साभिकलाई लडाएपछि रेफ्रीले लाजियोलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा इमोविले चुकेनन् ।

८६औं मिनेटमा इमोबिलेले प्रहारलाई रोमन बुर्कीले उत्कृष्ट बचाउ गर्दै लाजियोको अग्रता टारे । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा लाजियोको फ्रिकिकलाई गोलरक्षक बुर्कीले उत्कृष्ट बचाउ गर्द डर्टमुन्डको हार टारे ।

यही समूहको अर्काे खेलमा बेल्जियन क्लब ब्रगले रसियन क्लब जेनिथमाथि ३–० को सहज जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ ।

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

Success

Thank you for your time.