default_image

3 years ago

December 6, 2020

युभेन्टसको रोमान्चक जित

39 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले टुरिन डर्बीमा सहरी प्रतिद्वन्द्वी टोरिनोमाथि रोमान्चक जित दर्ता गरेको छ । शनिबार खेलको पहिलो हाफमा पछि परेको युभेन्टसले खेलको अन्त्यतिर ११ मिनेटको अन्तरमा २ गोल गर्दै २-१ को जित हसिल गर्यो ।

खेलको नवौं मिनेटमा नै पाहुना टोली टोरिनोले खेलमा अग्रता लिएको थियो । टोरिनोको कर्नरलाई पेनाल्टी क्षेत्रभित्र क्लियर गर्न नसक्दा निकोलस एन्कुलुले गरेको प्रहार गोलमा परिणत भएको थियो । युभेन्टसले खेलको अधिकांश समय बलमा पकड जमाएर आक्रमण बुनेपनि टोरिनोले खेलमा फर्कन दिएन ।

दोस्रो हाफको ५७ औं मिनेटमा जुआन क्वाडराडोले युभेन्टसलाई बराबरीमा ल्याएपनि भीएआरले उक्त गोलका क्रममा अफसाइड भएको भन्दै मान्यता दिएन । युभेन्टसले एकपछि अर्को आक्रमण बुनिरहँदा टोरिनोले भने रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गरेको थियो । तर उक्त प्रयास लामो समयसम्म टिकेन ।

खेलको ७८ औं मिनेटमा छोटो कर्नर लिएपछि क्वाडराडोले दिएको क्रसलाई मिडफिल्डर वेस्टन मकेनीले हेडरमार्फत गोल गरे । अमेरिकी मिडफिल्डरले क्लबका लागि पहिलो गोल गर्दै खेलमा फर्काए । ८९ औं मिनेटमा क्वाडराडोकै क्रसमा कप्तान लिओनार्डो बोनुचीले युभेन्टसलाई अग्रता दिलाए । पहिलो गोलकै जस्तो मुभमा टोरिनोको डिफेन्स पुन: एकपटक सफल हुन सकेन ।

यस जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आन्द्रीए पिर्लोको प्रशिक्षणमा रहेको टोलीले १० खेलमा २० अंक जोडेको छ । टोरिनो भने ६ अंकसाथ १८ औं स्थानमा नै छ । शीर्षस्थानको एसी मिलानले ९ खेलमा २३ अंक जोडेको छ ।

खेलको सुरुवातमा युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेलीले रोनाल्डोलाई ७ सय ५० गोल पूरा गरेकोमा बधाईस्वरुप विशेष जर्सी उपहार दिएका थिए ।

यो पनि पढ्नुहोस : रियल म्याड्रिडले सेभियालाई हरायो

May 16, 2024

चेल्सीको ब्राईटनविरुद्ध जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी विजयी भएको छ । दश जनामा सिमित चेल्सीको ब्राईटन माथि २-१ को जित दर्ता गरेको हो । खेलको ३४औं मिनेटमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मार्क कुकुरेलाको क्रसमा उत्कृष्ट हेडर प्रहार गर्दै पालमरले चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ६५आज मिन्टमा क्रिस्टोफर […]

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

Success

Thank you for your time.