default_image

3 years ago

December 6, 2020

चेल्सी शीर्षस्थानमा उक्लियो

एजेन्सी – लिड्स युनाइटेडमाथि ३–१ को पूनरागमन जित निकाल्दै लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ । चेल्सीले एक कम खेलेको टोटेनहम हस्टपर र लिभरपुललाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । चेल्सीको ११ खेलबाट २२ अंक पुगेको छ । टोटेनहम र लिभरपुलको २१ अंक छ । पराजित […]

58 views

0 Bookmark

एजेन्सी – लिड्स युनाइटेडमाथि ३–१ को पूनरागमन जित निकाल्दै लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ ।

चेल्सीले एक कम खेलेको टोटेनहम हस्टपर र लिभरपुललाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । चेल्सीको ११ खेलबाट २२ अंक पुगेको छ । टोटेनहम र लिभरपुलको २१ अंक छ । पराजित लिड्स १४ अंकसहित १३औं स्थानमा छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीको जितमा ओलिभर जिरुउड, कोर्ट जोउमा र क्रिस्टियन पुलिसिसले गोल गरे । लिड्सका प्याट्रिक बामफोर्डले गरेको गोल सान्त्वना बन्यो ।

खेलको चौथो मिनेटमा नै प्याट्रिक बामफोर्डको गोलबाट लिड्सले अग्रता लिएको थियो । काल्भिन फिलिप्सको लामो पासमा गोलरक्षक अघि बढेको अवस्थामा बामफोर्डले बललाई आफ्नो नियन्त्रणमा लिदै खाली पोस्टमा गोल गरेका थिए ।

नवौं मिनेटमा मासन माउन्टको कर्नरमा टिमो वेर्नरको प्रहार क्रसबारमा लागेर बाहिरिदा चेल्सी बराबरीबाट चुक्यो । २७औं मिनेटमा ओलिभर जिरुउडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । रिस जेम्सको क्रसलाई जिरुउडले सदुपयोग गरेका थिए ।

५४औं मिनेटमा रिस जेम्सको क्रसमा काई हाभर्टजको फ्लिक हेडर आकासियो । ५७औं मिनेटमा राफिन्हाको प्रहारलाई कप्तान थियागो सिल्भाले ब्लक गरिदिए । ६०औं मिनेटमा लिड्सका गोलरक्षक मेस्लिएरले टिमो वेर्नरको प्रहारलाई दोहोरो बचाउ गर्दै चेल्सीको अग्रता टारे । मासन माउन्टको प्रयासलाई एलिओस्कीले ब्लक गरे ।

६१औं मिनेटमा कोर्ट जोउमाले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । मासन माउन्टको कर्नरलाई जोउमाले हेडरमार्फत जाली चुमाएका थिए । ७६औं मिनेटमा मासन माउन्टको पसमा वेर्नरको प्रहारलाई गोलरक्षक मेस्लिएरले विफल पारे ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा टिमो वेर्नरको पासमा पुलिसिसले गोल गर्दै चेल्सीलाई ३–१ को सहज जित दिलाए ।

यस्तै प्रिमियर लिगकै अर्का ेखेलमा म्यानचेस्टर युनाइटेडे वेस्ट ह्याममाथि ३–१ कै पूनरागमन जित निकालेको छ । युनाइटेडको जितमा पाल पोग्वा, मासन ग्रीनवुड र मार्कुस रासफोर्डले गोल गरे । वेस्ट ह्यामका थोमस साृउसेकको गोल सान्त्वना बन्यो ।

जितसँगै युनाइटेड १० खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लदा वेस्ट ह्याम १७ अंकसहित सातौ स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.