default_image

3 years ago

December 6, 2020

पीएसजीको चार अंकको अग्रता

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोन्टपेलिएरमाथि ३–१ को सहज जित निकाल्दै शीर्षस्थानमा थप पकड बनाएको छ । पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेलाई ४ अंकले पछि पारेको हो । शीर्षस्थानमा रहेको पीएसजीको १३ खेलबाट २८ अंक रहेको छ । ११ खेलबाट मार्सेको २४ अंक छ । पराजित मोन्टपेलिएर २३ अंकसहित छैटौ […]

27 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोन्टपेलिएरमाथि ३–१ को सहज जित निकाल्दै शीर्षस्थानमा थप पकड बनाएको छ ।

पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेलाई ४ अंकले पछि पारेको हो । शीर्षस्थानमा रहेको पीएसजीको १३ खेलबाट २८ अंक रहेको छ । ११ खेलबाट मार्सेको २४ अंक छ । पराजित मोन्टपेलिएर २३ अंकसहित छैटौ स्थानमा छ ।

मोन्टपेलिएरमा शनिबार राति भएको खेलमा पीएसजीको जितमा कोलिन डग्वा, मोइस किन र केलियन एमबाप्पेले गोल गरे । माभिडिडिको गोल सान्त्वना बन्यो ।

खेलको ३३औं मिनेटमा एन्जल डि मारियाको पासमा डग्वाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा माभिडिडिले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७७औं मिनेटमा राफिन्हाको पासमा मोइस किनले गाल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लाविन कुर्जावाको पासमा एमबाप्पेले गोल गर्दै ३–१ को सहज जित दिलाए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.