default_image

3 years ago

December 6, 2020

अपराजित एट्लेटिको शीर्षस्थानमा फर्कियो

एजेन्सी – एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई निरन्तरता दिदा शनिबार राति रियल भालाडोलिडमाथि २–० को सहज जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोको जितमा थोमस लेमा र मार्काेस लोरेन्टेले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड अपराजित एक्लो टोली हो । शीर्षस्थानमा रहेको एट्लेटिकोले […]

35 views

0 Bookmark

एजेन्सी – एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई निरन्तरता दिदा शनिबार राति रियल भालाडोलिडमाथि २–० को सहज जित निकालेको छ ।

घरेलु मैदानमा एट्लेटिकोको जितमा थोमस लेमा र मार्काेस लोरेन्टेले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड अपराजित एक्लो टोली हो । शीर्षस्थानमा रहेको एट्लेटिकोले १० खेलबाट २६ अंक जोडेको छ ।

जसमा ८ जित र २ बराबरीको नतिजा छ । पराजित भालाडोलिड १० अंक जोडेर १९औं स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको ११ खेलबाट २४ तथा तेस्रो स्थानमा रहेको रियाल म्याड्रिडको २० अंक छ ।

वान्डा मेट्रोपोलिटानोमा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५६आं मिनेटमा किरिएन ट्रिपिएरको पासमा थोमस लेमारले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए ।

७२औं मिनेटमा ट्रिपिएरको पासमा मार्काेस लोरेन्टेले गोल गदै एट्लेटिको म्याड्रिडको जित पक्का गरे । खेलको अन्तिम समयतिर भने भालाडोलिडले घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.