default_image

3 years ago

December 6, 2020

मुलरको दुई गोलमा बायर्न हारबाट जोगियो

एजेन्सी – थोमस मुलरको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको बायर्न म्युनिख हारबाट जोगिएको छ । बायर्न म्युनिख र आरबी लाइप्जिगले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् । बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि थोमस मुलरले दुई गोल गर्दा जमल मुसिएलाले एक गोल गरेका थिए । लाइप्जिगका क्रिस्टोफोर […]

36 views

0 Bookmark

एजेन्सी – थोमस मुलरको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको बायर्न म्युनिख हारबाट जोगिएको छ । बायर्न म्युनिख र आरबी लाइप्जिगले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि थोमस मुलरले दुई गोल गर्दा जमल मुसिएलाले एक गोल गरेका थिए । लाइप्जिगका क्रिस्टोफोर एनकुकु, जस्टिन क्लुभर्ट र इमिल फोर्सवर्गले गोल गरे ।

खेलको १९औं मिनेटमा क्रिस्टोफोर एनकुुकुकको गोलबाट लाइप्जिगले अग्रता लिएको थियो । उनले इमिल फोर्सवर्गको पासलाई सदुपयोग गरेका थिए । ३०औं मिनेटमा जमल मुसिएलाले किङ्सले कोमानको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३४औं मिनेटमा कोमानकै पासमा थोमस मुलर गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । तर बायर्नको त्यो अग्रता दुई मिनेट पनि टिकेन ३६आं मिनेटमा जस्टिन क्लुभर्टले गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए । उनले एमाडोउ हैडाराको पासलाई सदुपयोग गरेका थिए ।

४८औं मिनेटमा इमिल फोर्सवर्गले एन्जेलिनोको पासमा गोल गर्दै लाइप्जिगलाई पुनः ३–२ ले अघि बढाए । ७५औं मिनेटमा कोमानकै पासमा थोमस मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुगिंयो ।

यो बराबरीले शीर्ष दुई स्थानमा कुनै फेरबदल भएन । शीर्षस्थानको बायर्नको १० खेलबाट २३ तथा समान खेलबाटै लाइप्जिगको २१ अंक रहेको छ ।

यस्तै अर्काे खेलमा बोरुसिया डर्टमुन्डले फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको छ । फ्रान्कफुर्टका दाइची कामादाले गोल गर्दा डर्टमुन्डका जियोभानी रेनाले बराबरी गोल फर्काएका थिए । यो बराबरीले डर्टमुन्ड १९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा फ्रान्कफुर्ट १३ अंकसहित आठौं स्थानमा रहेको छ ।

अन्य नतिजा
अर्मेनिया बिलेफिल्डविरुद्ध मेइन्ज (१–१), कोल्नविरुद्ध वल्फ्सवर्ग (२–२), फ्रेइवर्गविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (२–२),

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.