default_image

3 years ago

December 6, 2020

हाकिमीको दुई गोलमा इन्टर मिलानको सहज जित

एजेन्सी – स्पेनिस क्लब रियाल म्याड्रिडका पुर्व मिडफिल्डर अचरफ हाकिमीको दुई गोल सहयोगमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नामाथि ३–१ को सहज जित हात पारेको छ । घरेलु मैदानमा इन्टर मिलानको सहज जितमा अर्काे एक गोल रोमेलु लुकाकुको नाममा रह्यो । बोलोग्नाका इमानुयल भिग्नाटोले एक गोल फर्काए । मिलानोमा शनिबार राति भएको खेलमा घरेलु […]

30 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियाल म्याड्रिडका पुर्व मिडफिल्डर अचरफ हाकिमीको दुई गोल सहयोगमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नामाथि ३–१ को सहज जित हात पारेको छ ।

घरेलु मैदानमा इन्टर मिलानको सहज जितमा अर्काे एक गोल रोमेलु लुकाकुको नाममा रह्यो । बोलोग्नाका इमानुयल भिग्नाटोले एक गोल फर्काए ।

मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको १६औं लुकाकुको गोलबाट अग्रता लिएको थियो । ४५औं मिनेटमा अचरफ हाकिमीले मार्सेलो ब्रोजोभिकको पासमा गोल गर्दै इन्टरलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

६७औं मिनेटमा इमानुयल भिग्नाटोले गोल गर्दै बोलोग्नालाई खेलमा फर्कने संकेत दिएका थिए । तर ७०औं मिनेटमा हाकिमीले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–१ को सहज जित दिलाए ।

यो जितसँगै इन्टर मिलानले शीर्षस्थानको एसी मिलानसँगको अंक दुरी २ मा झारेको छ ।
इन्टरको १० खेलबाट २१ अंक रहँदा शीर्षस्थानको इसी मिलानको ९ खेलबाट २३ अंक रहेको छ । तेस्रो स्थानको युभेन्ट्सको २० अंक छ । पराजित बोलोग्ना १२ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.