default_image

3 years ago

December 6, 2020

लिभरपुललाई वल्भ्सको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति लिभरपुलले घरेलु मैदानमा वल्भ्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार एनफिल्डमा राति १ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल वल्भ्समाथि सहज जितको लक्ष्यसहित मैदान उत्रनेछ । लिचरपुलसँग साडियो माने, मोहम्मद सलाह र रोबर्टाे फिर्मिनो टोलीसँग हुनेछ । वल्भ्सकै पुर्व फरवार्ड डिएगो जोटा पनि टोलीसँग रहँदा जोर्डन […]

27 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति लिभरपुलले घरेलु मैदानमा वल्भ्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार एनफिल्डमा राति १ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा लिभरपुल वल्भ्समाथि सहज जितको लक्ष्यसहित मैदान उत्रनेछ । लिचरपुलसँग साडियो माने, मोहम्मद सलाह र रोबर्टाे फिर्मिनो टोलीसँग हुनेछ । वल्भ्सकै पुर्व फरवार्ड डिएगो जोटा पनि टोलीसँग रहँदा जोर्डन हेन्डरसन, जर्जिन्हो वाइनाल्डम, कर्टिस जोन्स, एन्ड्रिउ रोबर्टसन, जोए मटिप, फाविन्हो, र निको विलियम्स टोलीमा हुनेछ ।

पहिलो रोजाईका गोलरक्षक एलिसन बेकर चोटसँग जुधिरहँदा च्याम्पियन्स लिगमा आयाक्सविरुद्ध उच्च प्रदर्शन गरेका युवा गोलरक्षक काओइम केल्लेहरलाई प्रशिक्षक योर्गेन क्लोपले अवसर दिन सक्नेछ ।

यता, वल्भ्स पनि लिभरपुलविरुद्ध अंक खोस्ने दाँउमा हुनेछ । वल्भ्ससँग ड्यानियल पोडेन्स, एडमा ट्राओरे, पेड्रे नेटो, मार्कल, रुवेन नेभेस, नेल्स सेमेडो र रुइ प्याट्रिसियोजस्ता स्तरीय खेलाडीको साथ रहेको छ ।

लिभरपुलको २१ तथा वल्भ्सको १७ अंक छ । लिभरपुल वल्भ्ससँग पछिल्लो तीन खेलमा अपराजित छ । त्यसअघि २०१९ जनवरीमा भएको एफए कपमा लिभरपुल २–१ ले पराजित भएको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.