default_image

3 years ago

December 7, 2020

आर्सनललाई हराउँदै टोटेनहम शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार नर्थ लन्डन डर्बीमा टोटेनहम हट्स्परले आर्सनललाई पराजित गरेको छ । ह्यारी केन र ह्युङ मिन सनको गोलमा टोटेनहमले २-० को जित दर्ता गर्यो । घरेलु मैदानमा टोटेनहमले १३ औं मिनेटमा अग्रता लिएको थियो । केनको पासमा दक्षिण कोरियाली फरवार्ड सनले गोल गर्दै अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र […]

40 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार नर्थ लन्डन डर्बीमा टोटेनहम हट्स्परले आर्सनललाई पराजित गरेको छ । ह्यारी केन र ह्युङ मिन सनको गोलमा टोटेनहमले २-० को जित दर्ता गर्यो ।

घरेलु मैदानमा टोटेनहमले १३ औं मिनेटमा अग्रता लिएको थियो । केनको पासमा दक्षिण कोरियाली फरवार्ड सनले गोल गर्दै अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक बर्न्ड लेनोले बचाउन नसक्दा गोल भएको थियो । पहिलो हाफको अन्त्यतिर केनले अग्रता दोब्बर पारे । सनको पासमा केनले पेनाल्टी क्षेत्रभित्र गरेको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै गोल भएको थियो ।

दोस्रो हाफमा आर्सनलले बल पोसेसनमा पकड जमाउँदै लगातार आक्रमण बुनेपनि जोसे मोउरिन्होको रक्षात्मक रणनीति तोड्न सकेन । टोटेनहमका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले केहि उत्कृष्ट बचाउ गर्दै अग्रता जोगाएका थिए । उनले एलेक्जेन्डर लाकाजेट र पिएर एमेरिक औबामेयाङको हेडरमा उत्कृष्ट बचाउ गरेका थिए ।

यस जितसँगै टोटेनहम अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । ११ खेलमा ७ जित, ३ बराबर र १ हारसहित मोउरिन्होको टोलीले २४ अंक जोडेको छ । आर्सनल ११ खेलमा १३ अंकसहित १५ औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.