default_image

3 years ago

December 7, 2020

रामोस प्रशिक्षणमा फर्किए

एजेन्सी – रियल म्याड्रिडका कप्तान सर्जियो रामोस प्रशिक्षणमा फर्केका छन् । ला लिगामा शनिबार सेभिल्लालाई हराएको रियल आइतबार अभ्यासमा फर्कदा कप्तान रामोस पनि सामेल भएका हुन् । उनले चोटका कारण पछिल्ला केहि खेल गुमाएका थिए । बोरुसिया मोन्चेग्लाडबाकविरुद्ध हुने च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलमा फर्कने अपेक्षासहित रामोस तयारीमा जुटेका हुन् । च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेशका […]

30 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका कप्तान सर्जियो रामोस प्रशिक्षणमा फर्केका छन् । ला लिगामा शनिबार सेभिल्लालाई हराएको रियल आइतबार अभ्यासमा फर्कदा कप्तान रामोस पनि सामेल भएका हुन् । उनले चोटका कारण पछिल्ला केहि खेल गुमाएका थिए ।

बोरुसिया मोन्चेग्लाडबाकविरुद्ध हुने च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलमा फर्कने अपेक्षासहित रामोस तयारीमा जुटेका हुन् । च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेशका लागि निकै महत्त्वपूर्ण रहेको छ । समूहमा रहेका सबै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना जीवित रहेकाले पनि अन्तिम दुई खेल निर्णायक हुनेछन् ।

डानी कार्भाजाल भने च्याम्पियन्स लिग खेलको तीन दिन अघि सम्म पनि फर्कनेमा शंका छ । रामोस टोलीका लागि निर्णायक खेल गुमाउन चाहदैनन् । उनले त्यो खेललाई उच्च प्राथमकितामा राखेका छन् । प्रशिक्षक जिनेदिन जिदानले पनि परिस्थितिलाई गम्भिरतापूर्वक हेरिरहेका छन् ।

कार्भाजालको अवस्थालाई पनि जिदानले नजिकबाट नियालेका छन् । राइट ब्याक अझै पनि आफ्नो गतिमा फर्कन सकेका छ्रैनन् । फेडे भालभर्डेको अवस्थामा पनि कार्भाजालकै जस्तो छ । समूहमा नभएर एक्लै अभ्यास गरिरहेका छन् ।

यो साता उनी खेलमा फर्कने सम्भावना कम रहेको बताइन्छ । मारियानो डेइज र इडन हाजार्ड पनि अलग्गै अभ्यास गरिरहेका छन् । सेभिल्लासँग खेलेका खेलाडीले भने आइतबार सामान्य अभ्यास मात्र गरे । वैकल्पिक खेलाडीले भने पूरा अभ्यास गरे ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.