default_image

3 years ago

December 7, 2020

मेस्सी र रोनाल्डो भिड्दै

एजेन्सी – पछिल्लो एक दशक विश्व फुटबलमा बेग्लै पहिचान बनाउन सफल सुपरस्टारद्वय लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा आमनेसामने हुँदैछन् । युभेन्टसले बार्सिलोनाको आतिथ्यता गर्दा यी दुई खेलाडी क्लब फुटबलमा सम्भवत अन्तिम पटक आमनेसामने हुनेछन् । सन् २००८ देखि २०१७ सम्म ब्यालोन डी’ओर उपाधि एकआपसमा जितेका यी दुई रोनाल्डो युभेन्टस नपुग्दासम्म स्पेनिस लिगमा नै […]

118 views

0 Bookmark

एजेन्सी – पछिल्लो एक दशक विश्व फुटबलमा बेग्लै पहिचान बनाउन सफल सुपरस्टारद्वय लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा आमनेसामने हुँदैछन् । युभेन्टसले बार्सिलोनाको आतिथ्यता गर्दा यी दुई खेलाडी क्लब फुटबलमा सम्भवत अन्तिम पटक आमनेसामने हुनेछन् ।

सन् २००८ देखि २०१७ सम्म ब्यालोन डी’ओर उपाधि एकआपसमा जितेका यी दुई रोनाल्डो युभेन्टस नपुग्दासम्म स्पेनिस लिगमा नै प्रतिस्पर्धा गर्दथे । सन् २००९ मा रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएपछि एक अर्काबीच प्रतिस्पर्धाले उच्च विन्दु छोएको थियो । दुवै खेलाडीले एक अर्काबीचको प्रतिस्पर्धाले दुवैलाई फाइदा पुगेको बताउँदै आएका छन् ।

रोनाल्डोको इटाली प्रस्थानपछि एल क्लासिकोले पनि त्यो स्तरको चर्चा पाउन सकेको छैन । विश्व फुटबलले यी दुईको प्रतिस्पर्धा हेर्ने चाहना लामो समयदेखि गरेका थिए । समूह चरणको पहिलो खेलमा रोनाल्डो कोरोना भाइरस संक्रमणका कारण अनुपस्थित रहँदा खेल केहि खल्लो भएको थियो । बार्सिलोनाले युभेन्टसको मैदानमा २-० को जित दर्ता गरेको थियो ।

समूह जीमा दुवै टोलीले अन्तिम १६ को यात्रा पक्का गरिसकेका छन् । युभेन्टसलाई समूह विजेता बन्न कम्तिमा ३ गोल प्रहार गर्नुपर्नेछ । दुई गोलको अन्तरले जिते मात्र युभेन्टस अंक तालिकाको शीर्षस्थानमा पुग्नेछ । बार्सिलोना भने अपराजित यात्रा कायम राख्दै समूह विजेताको रुपमा अर्को चरण पुग्ने प्रयासमा हुनेछ ।

रोनाल्डो र मेस्सी दुवै आफ्नो करिअरको अन्त्यतिर छन् । उमेरले रोनाल्डो ३५ र मेस्सी ३३ वर्ष भएपनि दुवैले निरन्तर उच्च स्तरको प्रदर्शन गरिरहेका छन् । मेस्सीले ६ पटक ब्यालोन डी’ओर उपाधि जितेका छन् भने रोनाल्डोले ५ पटक सो उपलब्धि हासिल गरेका छन् ।

वर्तमान समयमा रोनाल्डो मेस्सीको तुलनामा केहि राम्रो लयमा छन् । गत साता मात्र क्लब फुटबलमा ७ सय ५० गोल पूरा गरेका रोनाल्डोले युभेन्टसमा पनि आफ्नो स्तर सिद्ध गरेका छन् । मेस्सी भने यस सिजन आफ्नो प्रदर्शन तुलना गर्दा पछिल्ला सिजनभन्दा केहि कमजोर देखिएका छन् ।

रोनाल्डोले युभेन्टसका लागि पहिलो सिजनमा २१ गोल गरेका थिए । दोस्रो सिजनमा ३१ गोल गरेका रोनाल्डोले दुवै सिजनमा लिग उपाधि जितेका थिए । यस सिजन उनले ६ खेलमा ८ गोल गरिसकेका छन् । यता मेस्सी भने यस सिजन क्लबमा खासै जम्न सकेका छैनन् । १० खेलमा ४ गोल गरेका मेस्सीले २ गोलमा पेनाल्टीको सहारा लिनुपरेको छ ।

मेस्सी र रोनाल्डोले विश्व फुटबलमा व्यक्तिगत प्रतिस्पर्धालाई बेग्लै उचाइ दिएका थिए । एक अर्काको प्रतिस्पर्धाले गर्दा झनै राम्रो प्रदर्शन गर्न प्रेरित भएका यी दुईको खेलमा बेग्लै चर्चा हुनु स्वभाविक हो । करिअरको अन्त्यतिर आएका यी दुई खेलाडीको प्रतिस्पर्धामा को अब्बल होला, मंगलबारको खेलले त्यो बताउने नै छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.