default_image

3 years ago

December 8, 2020

पूनरागमन जितसँगै साउथह्याम्टन पाँचौ स्थानमा उक्लियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले ब्राइटनमाथि पूनरागमन जित हात पारेको छ । साउथह्याम्टनले ब्राइटनलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेर इस्ट सससेक्समा सोमबार राति भएको खेलमा साउथह्याम्टनको जितमा जान्निक भेस्टरगाआर्ड र ड्यानी इंग्सले गोल गरे । घरेलु टोलीका लागि पास्कल ग्रसले गरेको गोल सान्त्वना बन्यो । […]

22 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले ब्राइटनमाथि पूनरागमन जित हात पारेको छ । साउथह्याम्टनले ब्राइटनलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेर इस्ट सससेक्समा सोमबार राति भएको खेलमा साउथह्याम्टनको जितमा जान्निक भेस्टरगाआर्ड र ड्यानी इंग्सले गोल गरे । घरेलु टोलीका लागि पास्कल ग्रसले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २६औं मिनेटमा घरेलु टोली ब्राइटनले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । ड्यानी वेलवेकलाईै पेनाल्टी बक्समा जेम्स वार्ड प्राउसले लडाएपछि प्राप्त पेनाल्टीमा पास्कल ग्रसले गोल गरेका थिए ।

४५औं मिनेटमा जान्निक भेस्टरगाआर्डले जेम्स वार्डको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । ६०औं मिनेटमा थियो वल्कटले अवसर खेर फाल्दा साउथह्याम्टन अग्रता लिनबाट चुक्यो । ७३औं मिनेटमा रेडमन्डको प्रहार क्रसबारमा लागेर बाहिरिदा साउथह्याम्टन पुनः अग्रता लिनबाट चुक्यो ।

८१औं मिनेटमा ड्यानी इंग्सले पेनाल्टीमा गोल गर्दै साउथह्याम्टनलाई २–१ को अग्रता दिलाए । सोली मार्सले पेनाल्टी बक्समा भेस्टरगाआर्डलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै झन्डै पाँच मिनेटपछि साउथह्याम्टनलाई पेनाल्टी प्रदान गरेको थियो ।

८४औं मिनेटमा ब्राइटनका उच्च गोलकर्ता मोउपे चुक्दा ब्राइटन घरेलु मैदानमा पराजित हुन पुग्यो ।

यो जितसँगै साउथह्याम्टन ११ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित ब्राइटन १० अंक जोडेर १६औं स्थानमा रहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.