default_image

3 years ago

December 8, 2020

अपराजित रहने चेल्सीको लक्ष्य

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले आज राति समूह चरणको अन्तिम खेलमा रसियन क्लब क्रास्नोडरसँग प्रतिस्पर्धा गर्दैछ । खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा क्रास्नोडरविरुद्ध मैदान उत्रदा चेल्सी समूहमा अपराजित रहने लक्ष्यसहित मैदान उत्रनेछ । समूह ‘ई’ बाट चेल्सी ५ खेलमा ४ जित र […]

31 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले आज राति समूह चरणको अन्तिम खेलमा रसियन क्लब क्रास्नोडरसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा क्रास्नोडरविरुद्ध मैदान उत्रदा चेल्सी समूहमा अपराजित रहने लक्ष्यसहित मैदान उत्रनेछ ।

समूह ‘ई’ बाट चेल्सी ५ खेलमा ४ जित र १ बराबरीको नतिजासहित शीर्षस्थानमा रहेर नकआउट चरणमा पुगिसकेको छ । समूह चरणको अन्तिम खेलमा पनि चेल्सी क्रास्नोडरलाई हराउने लक्ष्यमा मैदान उत्रनेछ ।

घरेलु टोलीसँग टिमो वेर्नर, काई हाभर्टज, क्रिस्टियन पुलिसिस, ट्याम्मी अब्राहम, कलुम हड्सन ओडोई, जर्गिन्हो, माटियो कोभासिस, ओलिभर जिरुउड, थियागो सिल्भा, रिस जेम्स, सिजर एज्पिलिक्वेटा, एन्टेनियो रुडिगर, इमर्सन, एङ्गोलो कान्टे, मासन माउन्ट र गोलरक्षक इडुआर्ड मेन्डीको साथ रहेको छ ।

यता, क्रास्नोडर पनि घरेलु टोली चेल्सीलाई कम्तीमा बराबरीमा रोक्दै युरोपा लिगमा रहने योजनामा हुनेछ । क्रास्नोडर र रेनेसमध्ये एक टोलीले युरोपा लिगको प्ले अफमा स्थान बनाउनेछ । क्रास्नोडरको ४ तथा रेनेसको १ अंक छ ।

यही समूहको अर्काे खेलमा फ्रान्सेली क्लब रेनेस र स्पेनिस क्लब सेभियाबीच राति १ः४५ बजे नै प्रतिस्पर्धा हुनेछ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.