default_image

3 years ago

December 9, 2020

मौकोको च्याम्पियन्स लिग इतिहासकै कान्छा

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका यौस्सोफा मौकोको युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । जर्मन युवा फरवार्ड मौकोकोले मंगलबार राति जेनिट सेन्ट पिटर्सवर्गविरुद्ध दोस्रो हाफमा मैदानमा उत्रदै उनी च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् । मुख्य फरवार्ड एर्लीङ हालान्ड चोटका कारण अनुपस्थित रहेको खेलमा मौकोकोले कुनै समय खेल्ने अनुमान […]

46 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका यौस्सोफा मौकोको युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

जर्मन युवा फरवार्ड मौकोकोले मंगलबार राति जेनिट सेन्ट पिटर्सवर्गविरुद्ध दोस्रो हाफमा मैदानमा उत्रदै उनी च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् । मुख्य फरवार्ड एर्लीङ हालान्ड चोटका कारण अनुपस्थित रहेको खेलमा मौकोकोले कुनै समय खेल्ने अनुमान यसअघि नै रहेको थियो । उनले गत साता जर्मन बुन्डेसलिगामा डेब्यु गर्दै कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए ।

मौकोकोले नाइजेरिया तथा एन्डरलेक्टका सेलेस्टिन बाबायारोले सन् १९९४ मा राखेको कीर्तिमानलाई भंग गरेका हुन् । बाबायोराले त्यतिबेला स्टेएउवा बुचारेस्टविरुद्ध १६ वर्ष ८७ दिनको कीर्तिमान राखेका थिए । मौकोकोले १६ वर्ष १८ दिनको कीर्तिमान राखेका हुन् ।

मौकोको ५८औं मिनेटमा फेलिक्स पासालाकको स्थानमा मैदान छिरेका थिए । जेनिटविरुद्ध उनको प्रदर्शन औसतको रहेको थियो । उक्त खेलमा डर्टमुन्ड २–१ ले विजयी हुदै समूह ‘एफ’ बाट समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको छ ।

जर्मनीमा सिनियर टोलीबाट खेल्न १६ वर्ष पुग्नैपर्ने नियम रहेकाले मौकोकोले सिनियर टोलीबाट खेल्न केहि प्रतिक्षा गर्नुपरेको थियो । मौकोकोले जर्मन बुन्डेसलिगामा हर्था बर्लिनविरुद्धको खेलमा एर्लिङ ब्राउट हालान्डको स्थानमा मैदान प्रवेश गर्दै डर्टमुन्डको सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनले बुन्डेसलिगामा डर्टमुन्डबाट ३ खेल खेलिसकेका छन् ।

१२ वर्षको उमेरमा नै डर्टमुन्डको यु–१७ टोलीबाट खेलेका मौकोकोले १४ वर्षको उमेरमा नै यु–१९ टोलीको आक्रमण सम्हालेका थिए । डर्टमुन्डको युवा समूहको प्रतिनिधित्व गर्दै ८४ खेल खेलेका उनले १ सय २७ गोल गरेका छन् । उनको यो प्रतिभाले नै जनवरीदेखि उनी सिनियर टोलीसँग प्रशिक्षण गर्दै आएका थिए ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.