default_image

3 years ago

December 9, 2020

पिएसजी र इस्तानबुलले आज १५ मिनेटबाटै खेल्ने

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह एच अन्तर्गत हिजो स्थगित भएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र टर्कीको इस्तानबुल बासाकसेइरको खेल आज हुने भएको छ । खेल नेपाली समयानुसार ११:४० मा सुरु हुनेछ । मंगलबार खेलको पहिलो हाफको १५ औं मिनेटमा रेफ्रीले रंगभेदी टिप्पणी गरेको भन्दै खेल रोकिएको थियो । फोर्थ अफिसियलले इस्तानबुलको बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिनका लागि […]

37 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह एच अन्तर्गत हिजो स्थगित भएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र टर्कीको इस्तानबुल बासाकसेइरको खेल आज हुने भएको छ । खेल नेपाली समयानुसार ११:४० मा सुरु हुनेछ ।

मंगलबार खेलको पहिलो हाफको १५ औं मिनेटमा रेफ्रीले रंगभेदी टिप्पणी गरेको भन्दै खेल रोकिएको थियो । फोर्थ अफिसियलले इस्तानबुलको बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिनका लागि संकेत गरेका थिए । त्यसो गर्ने क्रममा उनले रंगभेदी टिप्पणी गरेको आरोप इस्तानबुलका खेलाडीले लगाए ।

रेफ्रीहरुले उक्त आरोपको खण्डन गरिरहँदा दुवै टोलीका खेलाडीले त्यसको विरोध गरे । रेफ्रीहरुले अडान जारि नै राखेपछि दुवै टोलीले मैदान छाडेका थिए । झन्डै १० मिनेट छलफलपछि पनि खेलाडी र रेफ्री पक्षबीच समझदारी हुन नसक्दा दुवै टोलीका खेलाडीहरुले मैदान छाडेका थिए ।

यूईएफएले फोर्थ अफिसियललाई बाहिर राखेर भीएआरमा रहेका रेफ्रीलाई मैदानमा ल्याउने बताएपछि दुवै टोली खेल्न सहमत भएका थिए । पिएसजीका खेलाडी वार्म अपका लागि टनेलमा समेत निस्केका थिए । तर आरोपित फोर्थ अफिसियल भीएआर भ्यानमा गएर जिम्मेवारी वहन गर्ने भनेपछि इस्तानबुलले खेल्न मानेन । पिएसजीले पनि नखेल्नेमा सहमति जनाएको थियो ।

यूईएफएले बुधबार उक्त खेल सोहि अवस्थामा सुरु हुने बताएको छ । दुवै टोलीको माग अनुसार खेल संचालन गर्न नयाँ रेफ्री टोली पुग्नेछन् । खेलको १५ मिनेट सकिँदा दुवै टोलीले गोल गरेका छैनन् । इस्तानबुलका दुई खेलाडीले पहेंलो कार्ड पाएका छन् । दुवै टोलीले हिजोकै टोली उतार्नुपर्नेछ र खेल १५ मिनेटबाट नै सुरु हुनेछ ।

आजको नतिजाले समूहबाट अघि बढ्ने टोलीमा भने असर पर्ने छैन । पिएसजीले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । लाइप्जिगसँग हार बेहोरेपछि म्यानचेस्टर युनाइटेड युरोपा लिगमा झरिसकेको छ । पिएसजीले यस खेल जितेमा समूह विजेता बन्नेछ भने अन्य नतिजाले उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्नेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.