default_image

3 years ago

December 10, 2020

रियल समूह विजेता बन्दै नकआउट चरणमा

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले समूह विजेता बन्दै यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुधबार घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गर्दै रियल नकआउट चरणमा प्रवेश गरेको हो । समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि रियल समूह विजेता बन्न सफल रहयो । यस समूहबाट रियल […]

41 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले समूह विजेता बन्दै यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुधबार घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गर्दै रियल नकआउट चरणमा प्रवेश गरेको हो ।

समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि रियल समूह विजेता बन्न सफल रहयो । यस समूहबाट रियल शीर्षस्थानमा रहेर नकआउट चरण पुग्दा मोन्चेनग्लाडबाक उपविजेता बन्दै अघि बढेको छ ।

रियलले ६ खेलमा १० अंक जोड्दा ग्लाडबाक र शाख्तरको समान ८-८ अंक रहयो । हेड टु हेडमा पछि परेको शाख्तरले युरोपा लिग खेल्नेछ । ६ अंकसहित पुछारमा रहेको इन्टर मिलानको युरोप यात्रा समाप्त भएको छ ।

खेलको नवौं मिनेटमा नै रियलले बेन्जेमाको गोलमा अग्रता लियो । लुकास भाज्केजको क्रसलाई बेन्जेमाले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । रियलले जर्मन टोलीविरुद्ध बल पोसेसनमा पकड जमाउँदै लगातार आक्रमण बुनेपनि जर्मन टोलीका गोलरक्षक यान सोमरले केहि उत्कृष्ट बचाउ गरे ।

३२ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले रोड्रीगोको क्रसमा हेडरमार्फत नै गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । त्यसअघि पाहुना टोलीका फरवार्ड एलेसन प्लेयाले वन भर्सेस वनमा गरेको प्रहार बाहिरिंदा रियलको अग्रता जोगिएको थियो ।

दोस्रो हाफको ५९ औं मिनेटमा गोलरक्षक सोमरले टोनी क्रुसको प्रहारमा उत्कृष्ट बचाउ गर्दै रियललाई अग्रता बढाउन दिएनन् । ७३ औं मिनेटमा सोमरले अर्को उत्कृष्ट बचाउ गरे । रामोसको हेडरलाई सोमरले बचाएपछि आएको रिबाउन्डमा बेन्जेमाको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.