default_image

3 years ago

December 10, 2020

अगुएरोको पुनरागमनमा सिटीको सानदार जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले पुनरागमन गरेको खेलमै गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा फ्रान्सेली क्लब मार्सेमाथि ३–० को सानदार जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको जितमा फेरान टोरेस र रहिम स्टर्लिङले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा नै सम्भव भएको थियो […]

31 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले पुनरागमन गरेको खेलमै गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा फ्रान्सेली क्लब मार्सेमाथि ३–० को सानदार जित निकालेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको जितमा फेरान टोरेस र रहिम स्टर्लिङले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा नै सम्भव भएको थियो । खेलको आठौं मिनेटमा नै रियाद महारेजको प्रहारलाई मार्सेका गोलरक्षक स्टिभ मान्डान्डाले विफल पारेका थिए ।

३०औं मिनेटमा डिमिट्री पाएटले गोल गरेपनि उनको गोलले मान्यता नपाउदा मार्से अग्रता लिनबाट चुक्यो । ४३औं मिनेटमा पापे गुआईको प्रहारलाई सिटीका लागि च्याम्पियन्स लिगमा डेब्यु खेल खेलिरहेका गोलरक्षक ज्याक स्टेफेनले सहजै नियन्त्रणमा लिदै मार्सेको अग्रता टारे ।

दोस्रो हाफको शुरुमै घरेलु टोली सिटीले अग्रता लिन सफल भयो । बर्नाडो सिल्भाबाट रियाद महारेजले मिलाइदिएको पासमा फेरान टोरेसले सहजै फिनिस गरेका थिए । ५८औं मिनेटमा फिल फोडेनेले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा सिटी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

६६औं मिनेटमा काइल वाल्करको शक्तिशाली प्रहारलाई गोलरक्षक मान्डान्डाले उत्कृष्ट बचाउ गरे । ६७औं मिनेटमा रियाद महारेजको स्थानमा मैदान छिरेका सर्जियो अगुएरोले ७७औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनी चोटका कारण लामो समयपछि मैदान फर्किएका हुन् । ९०औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दे सिटीको जित पक्का गरे ।

यही समूह ‘सी’ को अर्काे खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेले ग्रीसको ओलम्पियाकोसमाथि २–० को जित निकालेको छ । पोर्टाेको जितमा ओटाभियो र युरिवेले गोल गरे ।

यो नतिजासँगै यो समूहबाट सिटी र पोर्टाे च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्दा ओलम्पियाकोस युरोपा लिगमा झर्दा मार्सेको युरोप भ्रमण अन्त्य भएको छ । सिटीले १६ अंक जोड्यो । पोर्टाेले १३ तथा ओलम्पियाकोस र मार्सेले समान ३ अंक जोडेपनि हेड टु हेडमा ओलम्पियाकोस अघि रह्यो ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.