default_image

3 years ago

December 10, 2020

च्याम्पियन्स लिगमा बायर्न अपराजित

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायमै राख्दा बुधबार राति रसियन क्लब लोकोमोटिभ मस्कोमाथि २–० को सहज जित निकालेको छ । बायर्न २०१९ मार्च १३ मा च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग ३–१ ले पराजित भएयता १७ खेलसम्म अपराजित रहेको छ । यसक्रममा बायर्नले १६ जित र १ बराबरीको नतिजा […]

23 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायमै राख्दा बुधबार राति रसियन क्लब लोकोमोटिभ मस्कोमाथि २–० को सहज जित निकालेको छ ।

बायर्न २०१९ मार्च १३ मा च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग ३–१ ले पराजित भएयता १७ खेलसम्म अपराजित रहेको छ । यसक्रममा बायर्नले १६ जित र १ बराबरीको नतिजा निकालेको छ ।

घरेलु मैदानमा बायर्नको जितमा निकलस सुल र इरिक म्याक्सिम चुपो मोटिङले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको सुरुवातदेखि नै बल पोजेसनमा पकड बनाएको घरेलु टोली बायर्नले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

६३औं मिनेटमा डगलस कोस्टाको पासमा निकलस सुलले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ८०औं मिनेटमा सर्ज जिनाब्रीको पासमा मोटिङले गोल गर्दै बायर्नको जित पक्का गरे ।

यो जितसँगै समूह ‘ए’ मा शीर्षस्थानमा रहेको बार्यनले १६ अंक जोड्यो । पराजित लोकोमोटिभ मस्को ३ अंकसहित पुछारमा रह्यो ।

यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले अष्ट्रियन क्लब साल्जवर्गलाई उसकै मैदानमा २–० को जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । एट्लेटिकोले ६ खेलबाट ९ अंक जोड्यो । पराजित साल्जवर्ग ४ अंकसहित युरोपा लिगमा सीमित बन्यो

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.