default_image

3 years ago

December 10, 2020

एन्फा कार्यसमिति बैठक सुरु

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यसअघिको केन्द्रीय समिति बैठक भर्चुअलमाध्यमबाट गरेको एन्फाले यसपटकको बैठक भौतिक उपस्थितिमा गरिरहेको छ । बैठकमा निर्वाचित १७ सहित मनोनित उपाध्यक्ष र सदस्यहरुको पनि उपस्थिति रहेको बताइएको छ । बैठकले एन्फाले वार्षिक […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यसअघिको केन्द्रीय समिति बैठक भर्चुअलमाध्यमबाट गरेको एन्फाले यसपटकको बैठक भौतिक उपस्थितिमा गरिरहेको छ । बैठकमा निर्वाचित १७ सहित मनोनित उपाध्यक्ष र सदस्यहरुको पनि उपस्थिति रहेको बताइएको छ ।

बैठकले एन्फाले वार्षिक साधारण सभा, विश्वकप छनोटको तयारी, स्थगित प्रतियोगिता सञ्चालन, विविधसहित २३ एजेन्डा छलफलका लागि तय गरेको थियो । एन्फाले उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा कास्की जिल्ला फुटबल संघको अनियमिति सम्बन्धी छानविन गर्न समिति गठन गरेको थियो ।

खड्काको समितिले प्रतिवेदन बुझाइसकेको थियो । जसमा कास्कीका अध्यक्ष मिलन गुरुङ दोषी रहेको बताइएको छ । अनुसाशनका विषयमा छलफल गर्न एजेण्डा तय भएपनि त्यो विषयले प्रवेश पाउने नपाउने कुनै प्रष्ट पारिएको छैन ।

बैठकमा खेलाडी दर्ता नियमावली, विधान संसोधन मस्यौदा, एस्ट्रोतफ, फल्ड लाइड, कास्कीको बहुउद्देश्यीय टेक्निकल सेन्टर, राष्ट्रिय टोलीका प्रशिक्षक, प्रदेश फुटबल समिटि गठनलगायतका विषयमा बैठकमा छलफल हुने तय भएको बताइएको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.