default_image

3 years ago

December 10, 2020

युरोपा लिगमा आज २४ खेल

एजेन्सी – यूईएफए युरोपा लिगमा आज बिहीबार राति समूह चरणको अन्तिम खेलमा सबै २४ खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ देखि ‘एल’ सम्मका सबै खेलहरु राति ११ः४० बजे र १ः४५ बजे हुनेछ । समूह ‘ए’ मा इटालियन क्लब रोमाले अन्तिम ३२ मा स्थान बनाइसक्दा योङ ब्वाइज र सिएफआर क्लजबीच अर्काे चरण प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ […]

35 views

0 Bookmark

एजेन्सी – यूईएफए युरोपा लिगमा आज बिहीबार राति समूह चरणको अन्तिम खेलमा सबै २४ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘ए’ देखि ‘एल’ सम्मका सबै खेलहरु राति ११ः४० बजे र १ः४५ बजे हुनेछ । समूह ‘ए’ मा इटालियन क्लब रोमाले अन्तिम ३२ मा स्थान बनाइसक्दा योङ ब्वाइज र सिएफआर क्लजबीच अर्काे चरण प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ । रोमाले पीएफसी सिएसकेए सोफियासँग खेल्नेछ ।

समूह ‘बी’ मा अपराजित रहेको इंग्लिस क्लब आर्सनलले डुन्डाल्कसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहबाट अन्तिम ३२ मा पुग्ने सम्भावना रहेका रापिड वेन र मोल्देबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘सी’ मा शीर्ष होडमा रहेको बायर लिभरकुसन र स्लाभिया प्रागबीच प्रतिस्पर्धा हुदा निस र हापोइल विर सिभाबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘डी’ मा रेन्जर्स र बेन्फिकाबीच शीर्षस्थानको लागि होड छ । रेन्जर्सले लेच पोज्नानको तथा बेन्फिकाले स्टान्डर्ड लिगसँग खेल्नेछ । दुवै खेल बराबरीमा सकिए हेड टु हेडमा रेन्जर्स अघि रहनेछ ।

समूह ‘ई’ मा ग्रानडा र पीएसभी आइन्डोभेनबीच नै शीर्षताको होड रहेको छ । ग्रानडाले पाओक सँग तथा आइन्डोभेनले ओमोनिया निकोसियासँग प्रतिस्र्धिा गर्दैछ ।

समूह ‘एफ’ मा तीन टोलीको अन्तिम ३२ मा पुग्ने सम्भावना रहेको छ । शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दा एजेट अल्कामारले रिजेकासँग खेल्दैछ । समूह ‘जी’ मा लेस्टर सिटी र ब्रागाबीच शीर्षस्थानमा होड रहेको छ । लेस्टरले एइके एथेन्स र ब्रागाले जोर्यासँग खेल्दैछ ।

समूह ‘एच’ मा लिल र एसी मिलानबीच नै शीर्षताको होड रहेको छ । लिलले सेल्टिकसँग तथा एसी मिलानले स्पार्टा प्रागसँग खेल्नेछ । लिलको ११ तथा मिलानको १० अंक छ ।

समूह ‘आई’ बाट नकआउट चरणमा स्थान बनाइसकेको भिल्लारियलले क्वारावागको सामाना गर्नेछ । समूह उपविजेता बन्ने दाउमा रहेको माकावी टेल एभिभ र सिभास्पोरबी खेल हुनेछ ।

समूह ‘र्जे’ मा टोटेनहम र रोयल एन्टवेर्पबीच तथा लास्क र लुडोगारेट्स राजग्राडबी प्रतिस्पर्धा हुनेछ । टोटेनहमलाई समूह विजेता बन्न अवसर छ ।

समूह ‘के’ मा डेनामो जाग्रिव र सिएसकेए मस्को तथा वल्सवर्ग र फियोनुर्डबीच खेल हुनेछ । वल्सवर्ग र फियोनुर्डबीचको खेलपछि एक टोली नकआउट चरणमा पुग्नेछ ।

समूह ‘एल’ मा होफेनहाइन र जेन्ट तथा एफकेल क्रेभेना जेभेज्दा र स्लोभान लिवेरिकबीच प्रतिस्पर्धा हुनेछ । होफेनहाइन र क्रेभेना जेभेज्दा नकआउट चरणमा पुगिसकेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.