default_image

3 years ago

December 10, 2020

‘नेयमार र एमबाप्पे पिएसजीमै रहन्छन्’

एजेन्सी – युरोपियन फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टारद्वय नेयमार र केलियन एमबाप्पेले आपसी तालमेल मिल्ने जोडी मध्ये एकमा पर्दछन् । पछिल्लो तीन वर्षयता उनीहरुको सहकार्यले टोलीको उच्च प्रदर्शनमा मद्दत मिल्दै आएको छ । उनीहरुको उच्च प्रदर्शनबाट पे्ररित टोलीले लिग वानमा त राम्रो गरेकै छ गत सिजन उनीहरुले टोलीलाई च्याम्पियन्स लिगको फाइनल पुर्याउन पनि […]

37 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टारद्वय नेयमार र केलियन एमबाप्पेले आपसी तालमेल मिल्ने जोडी मध्ये एकमा पर्दछन् । पछिल्लो तीन वर्षयता उनीहरुको सहकार्यले टोलीको उच्च प्रदर्शनमा मद्दत मिल्दै आएको छ ।

उनीहरुको उच्च प्रदर्शनबाट पे्ररित टोलीले लिग वानमा त राम्रो गरेकै छ गत सिजन उनीहरुले टोलीलाई च्याम्पियन्स लिगको फाइनल पुर्याउन पनि सफल भए । सरुवा बजार खुल्ने नजिक पुग्दा नेयमार र एमबाप्पेले क्लब छाड्न चर्चा पनि सुरु हुने गरेको छ । तर, पिएसजीका अध्यक्ष नासिर अल खालिफा भने उनीहरु क्लबमै रहनेमा विश्वस्त छन् ।

एमबाप्पेका विषयमा भने पछिल्लो समय बढी नै चर्चा हुने गरेको छ । उनको सम्झौता सन् २०२२ सम्म रहेको छ । युरोपियन फुटबलको सफल टोली मध्येको रियल म्याड्रिडले उनलाई भित्राउन चाहेको चर्चा पनि एमबाप्पे पिएसजीमा रहनेमा शंका गरिन्छ ।

‘हामीले नेयमार र एमबाप्पलेसँग छलफल सुरु गरिसकेका छौं,’ अल खालिफाले भने, ‘छलफल गोप्य छन् । तर मलाई विश्वास छ उनीहरु हामीसँग रहन चाहन्छन् ।’ दुवै खेलाडी २०१७ मा क्लबमा आबद्ध भएका थिए । फ्रान्सेली युवा फरवार्ड मोनाकोबाट पिएसजी पुगेका थिए ।

ब्राजिली नेयमार भने बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पिएसजी पुगेका थिए । दुवैको सम्झौता २०२२ को अन्त्य सम्म रहेको छ । पिएसजीले नेयमारका लागि २ सय २२ मिलियन र एमबाप्पेका लागि १ सय ८० मिलियन युरो खर्चेको थियो ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.