default_image

3 years ago

December 10, 2020

कतारले पोर्चुगलको समूहमा खेल्ने

एजेन्सी – एसियाली च्याम्पियन कतारले फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत समूह ए मा अतिथि टोलीको रुपमा प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार कतार फुटबल संघले प्रेस विज्ञप्ति जारी गर्दै यूईएफएको आग्रहमा टोलीले युरोपेली छनोटको समूह ए मा प्रतिस्पर्धा गर्ने जनाएको छ । उक्त समूहमा पोर्चुगल, आयरल्यान्ड गणतन्त्र, सर्बिया, लक्जेमबर्ग र अजरबैजान रहेका छन् । […]

21 views

0 Bookmark

एजेन्सी – एसियाली च्याम्पियन कतारले फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत समूह ए मा अतिथि टोलीको रुपमा प्रतिस्पर्धा गर्ने भएको छ ।

बुधबार कतार फुटबल संघले प्रेस विज्ञप्ति जारी गर्दै यूईएफएको आग्रहमा टोलीले युरोपेली छनोटको समूह ए मा प्रतिस्पर्धा गर्ने जनाएको छ । उक्त समूहमा पोर्चुगल, आयरल्यान्ड गणतन्त्र, सर्बिया, लक्जेमबर्ग र अजरबैजान रहेका छन् । कतारले प्रतियोगिताको खेल तालिका अनुसार सबै टोलीसँग २-२ पटक खेल्नेछ ।

कतार विश्वकप २०२२ को आयोजक रहेकाले विश्वकपमा स्थान पक्का गरिसकेको छ । यूईएफएले कतारलाई अनुभव बटुल्न सहज हुने भन्दै अतिथि टोलीको रुपमा सहभागी हुने प्रस्ताव राखेको थियो । उक्त प्रस्तावलाई कतारले सहर्ष स्वीकार्दै यूईएफएलाई यस अवसरका लागि धन्यवाद समेत दिएको छ ।

कतारविरुद्ध खेलको नतिजाले छनोट चरणमा अंक गणना भने हुने छैन । यस्तै समूहका अन्य टोलीलाई आवतजावतमा सहज हुने भन्दै कतारले आफ्नो घरेलु खेल पनि युरोपकै कुनै मैदानमा खेल्नेछ । विगतमा पनि विश्वकप आयोजकले आफ्नो तयारी चुस्त पार्न अतिथि टोलीका रुपमा खेल्ने चलन रहेको थियो ।

सन् २०१९ मा जापानलाई हराउँदै एसियन कप जितेको कतारका लागि अर्को वर्ष निकै व्यस्त हुने भएको छ । कतारले सन् २०२१ जुनमा कोपा अमेरिकामा सहभागिता जनाउँदैछ । त्यसकै एक महिनापछि टोलीले उत्तरी अमेरिकाको कन्काकाफ गोल्ड कपमा पनि खेल्नेछ । सन् २०२१ कै डिसेम्बरमा कतारले अरब कपको पनि आयोजना गर्दैछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.