default_image

3 years ago

December 11, 2020

टोटेनहम समूह विजेता

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपुर समूह विजेताको रुपमा युरोपा लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । घरेलु मैदानमा भएको बिहीबार राति भएको खेलमा रोयल एन्टवेर्पमाथि २–० को सहज जित निकाल्दै टोटेनहम समूह ‘जे’ को विजेता बनेको हो । हारपछि पनि रोयल एन्टवेर्प समूह पविजेताको रुपमा अघि बढ्न सफल भयो । टोटेनहमल १३ तथा […]

47 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपुर समूह विजेताको रुपमा युरोपा लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

घरेलु मैदानमा भएको बिहीबार राति भएको खेलमा रोयल एन्टवेर्पमाथि २–० को सहज जित निकाल्दै टोटेनहम समूह ‘जे’ को विजेता बनेको हो । हारपछि पनि रोयल एन्टवेर्प समूह पविजेताको रुपमा अघि बढ्न सफल भयो ।

टोटेनहमल १३ तथा एन्वेर्पले १२ अंक जोड्यो । लास्कले १० तथा लुडोगोरेट्स राजग्राड अंकविहीन हुदै समूह चरणबाट बाहिरियो । टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीको जितमा कार्लाेस भिनिसियस र जियोभानी लो सेल्सोले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । १५औं मिनेटमा ग्यारेथ बेलको लामो पासलाई लुकास मौउराले नियन्त्रणमा लिदै गरेको प्रहारलाई एन्वेर्पका डिफेन्डर जेलिनले विफल पारे ।

३३औं मिनेटमा बेनाभेन्टेको प्रहारलाई सान्चेजले विफल पार्दै कुनै खतरा हुन दिएन । ४४औं मिनेटमा कार्लाेस भिनिसियसको प्रहार एन्टवेर्पको गोलरक्षक बेइराभान्डले बचाए ।

५७औं मिनेटमा कार्लाेस भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । ग्यारेथ बेलको फ्रिकिक क्रसबारमा लागेर फर्कदा उनले अफसाइड बिट ट्रयाप गर्दै गोल गर्न सफल भएका थिए ।
६८औं मिनेटमा लो सेल्सोको कर्नरमा ह्यारी केनको हेडर पोस्ट नजिकैबाट बाहिरिदा टोटेनहम अग्रता दोब्बर पार्नबाट चुक्यो ।

७१औं मिनेटमा लो सेल्सोले केनको पासमा गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल टोटेनहमले आफ्नो पक्षमा पार्‍यो ।

यही समूहको अर्काे खेलमा लास्कले लुडोगोरेट्स राजग्राडमाथि ३–१ को सहज जित निकालेपनि अघिल्लो चरण प्रवेश गर्न पर्याप्त रहेन ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.