default_image

3 years ago

December 11, 2020

विश्वासको परिवारलाई सहयोग गर्दै वालिङवासी

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ का कारण घरेलु फुटबल ठप्प भएको ९ महिना पूरा हुन लागिसकेको छ । तर, चोट कारण विश्वास श्रेष्ठले भने त्यो अघि बाट खेल्न पाएका छैनन् । आफूलाई लागेको चोट निको हुने क्रममा हुँदै विश्वासको परिवारमा भने अरु चोट थपिएको थियो । ३ महिनाको फरकमा उनको परिवारमा दुई ठूला […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ का कारण घरेलु फुटबल ठप्प भएको ९ महिना पूरा हुन लागिसकेको छ । तर, चोट कारण विश्वास श्रेष्ठले भने त्यो अघि बाट खेल्न पाएका छैनन् ।

आफूलाई लागेको चोट निको हुने क्रममा हुँदै विश्वासको परिवारमा भने अरु चोट थपिएको थियो । ३ महिनाको फरकमा उनको परिवारमा दुई ठूला दुर्घटना हुँदा आर्थिक रुपमा पनि उनको परिवारमाथि ठूलो मार परेको छ ।

स्याङ्जा वालिङस्थित घर आगलागी हुँदा ८ लाख रुपैयाँ भन्दा बढीको क्षती बेहोरेका विश्वासको बुबालाई मंसिर ४ गते करेन्ट लागेर चार तलाबाट खसेर गम्भिर घाइते भएका थिए । बन्दै गरेको नयाँ घरमा फलाम फाल्ने क्रममा हाइटेन्सन तारमा टच भएपछि त्यसको झट्काले उनी त्यहाँबाट झरेका थिए ।

शरीरको ४० प्रतिशत भाग चलेको छ । देब्रे खुट्टा भाच्चिएको छ । दुई वटा करङ भाँचिएको छ । गम्भीर दुर्घटना भएकाले हेलिकप्टरको सहाराले ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।
अहिले विश्वासको परिवारलाई आर्थिक सहयोग जुटाउन अर्का फुटबल खेलाडी स्याङ्जा वालिङका लक्ष्मण रुचाललगायतको टोली सक्रिय भएको छ ।

उनीहरुले घरदैलो गरेर विश्वासको बुबाको उपचारका लागि आर्थिक संकलन गरिरहेका छन् । स्थानिय स्तरमा मात्र २ लाख भन्दा बढी संकलन गरेको जानकारी लक्ष्मणले फेसबुकमार्फत दिएका छन् ।

‘विश्वास भाईको परिवारमा यो वर्ष कठीन रह्यो । घर जल्यो । बुबाको त्यो दुर्घटना भयो । बुबालाई करेन्ट लागेर हेल्थपोष्ट लादा म सँगै थिए । त्यहाँ उपचार नभएपनि हेलिकप्टरमा काठमाडौं लगिएको थियो,’ उनले भने,’ उपचारमा धेरै खर्च भएको विश्वासले भनेका थिए । हामीले केहि गर्न सकिन्छ भने गरौं भनेर लाग्यौं । यहाँ दाईहरु र हामी मिलेर संकलन सुरु गरेका हौं ।स्थायिन स्तरमा सबैबाट एकदमै सहयोग पायौं ।’

स्थानिय रुपमा सहयोग गर्ने सबैको नाम र रकम लक्ष्मणले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । ‘मनकारी बुबाआमा, दाजुभाई, दिदीबहिनीहरुले दिनु भएको रकमको पारदर्शिताका लागि मैले सबैको नाम र रकम उल्लेख गरेर हालेको हु,’ उनले भने, ‘भविष्यमा अप्ठेरो जसलाई पनि पर्न सक्छ । फेरि फुटबल खेलाडी भनेपछि अर्को अनुभव हुने रहेछ । के गर्न सकिन्छ गरौं भनेर लाग्यौं ।’

स्थानिय स्तरमा मात्र ५ दिनमा २ लाख २६ हजार ७ सय ३० रुपैयाँ संकलन भएको लक्ष्मणले जानकारी दिएका छन् । त्यसबाहेक विदेशमा बस्नेहरुले पनि विश्वासको परिवारलाई सहयोग गरेको छ । सबै गरेर अहिले सम्म झन्डै साढे ४ लाख रुपैयाँ जम्मा भइसकेको जनाउँदै लक्ष्मणले केहि दिनमा विश्वासको परिवारलाई रकम हस्तान्तरण गरिने जानकारी दिए ।

विश्वासका बाबुलाई बिहीबार आइसियूबाट क्याबिनमा सारिएको छ । विश्वासका अनुसार अहिले सम्म उपचारका लागि ३५ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । यस्तो दुःखत अवस्थामा सबैले देखाउनु भएको सहयोग र सद्भावका लागि उनले धन्यवाद दिएका छन् ।

‘अब बुवा बोल्न र खान थाल्नुभएको छ। सायद हाम्रो दुर्भाग्य होला । बुबा घाइते हुनुभयो । घर जल्यो,’ उनले भावुक हुँदै भने, ‘यस्तो बेलामा सबै तिरबाट सहयोग पाइरहेका छौं । उहाँहरु प्रतिको आभार व्यक्त गर्न मसँग शब्द छैन । सायद फुटबल खेलाडी भएकै कारण हामीले यति सहयोग पयौं । दुःखमा पनि सबैको साथले खुसी लागेको छ ।’

झन्डै २५ स्थानिय सहकारीहरुलाई पनि सहयोगका लागि अपिल गरिएको लक्ष्मणले जानकारी दिए । उनले भने, अझै केहि रकम संकलन हुन्छ भन्ने आशा राखेका छौं । त्यसपछि विश्वासको परिवारलाई दिन्छौं ।

लक्ष्मणले राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङलाई विश्वासको परिवारलाई सहयोगका लागि आग्रह गरेको स्मरण गरे । ‘किरण, भरत खवास हामी एउटै ब्याचका हौ । त्यसैले मैले केहि सहयोग गर्न सकिन्छ भने गरौं भनेर किरणलाई कल गरेको थिए,’ उनले भने, ‘त्यसमा उनीहरु सबै सकारात्मक देखिए । राष्ट्रिय टोलीले ५० हजार रुपैयाँ दिने घोषणा गर्यो । यस्तो बेलामा सहयोग गर्नु हामी सबैको धर्म हो ।’

लक्ष्मण र विश्वास दुवै वालिङ नगरपालिकाका हुन् । लक्ष्मणको ९ र विश्वासको ८ नम्बर वडा पर्छ । दुवैले अभ्यास गर्ने मैदान एउटै हो । एन्फा एकेडेमीका उत्पादन विश्वास लक्ष्मण भन्दा जुनियर हुन् । लक्ष्मण संकटाबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । उनले एनआरटि र हिमालयन शेर्पाबाट पनि खेलेका थिए ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.