default_image

3 years ago

December 11, 2020

समान तलबले दिलाएको खुसी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पारिश्रमिकको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि दबाब थियो । एउटा पाँच वर्षयता खेलाडीको मासिक तलब नबढाइनु । अर्को पुरुष र महिला खेलाडीको पारिश्रमिकमा रहेको ठूलो अन्तर । त्यो अन्तरलाई धेरैले एन्फाको विभेदकारी नीति भनेर पनि आलोचना गरेका थिए । पुरुष खेलाडीले मासिक १५ हजार रुपैयाँ बुझ्दा महिला […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पारिश्रमिकको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि दबाब थियो । एउटा पाँच वर्षयता खेलाडीको मासिक तलब नबढाइनु । अर्को पुरुष र महिला खेलाडीको पारिश्रमिकमा रहेको ठूलो अन्तर ।

त्यो अन्तरलाई धेरैले एन्फाको विभेदकारी नीति भनेर पनि आलोचना गरेका थिए । पुरुष खेलाडीले मासिक १५ हजार रुपैयाँ बुझ्दा महिला खेलाडीले ७ हजारमा चित्त बुझाउनु परेको थियो ।
अहिले दृश्य फेरिएको छ । एन्फाले एकै निर्णयबाट दुवै मुद्दाको सम्बोधन गरेको छ ।

एन्फाको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले एकै पटक महिला र पुरुष खेलाडीको तलब समान गरिदिएको छ । अब मासिक रुपमा दुवै टोलीका खेलाडीले समान १८ हजार रुपैयाँ बुझ्नेछन् । पुरुष खेलाडीको मासिक ३ हजार बृद्धि गरिदा महिला खेलाडीको हकमा एकै पटक मासिक ११ हजार रुपैयाँ थपिएको छ ।

अर्कोतिर फिफा रेफ्रीको तबलमा पनि मासिक ४ हजार रुपैयाँ वृद्धि भएको छ । अब उनीहरुले मासिक १० हजार रुपैयाँ पाउनेछन् । एन्फाको यो निर्णयलाई कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेको केन्द्रीय समितिको उत्कृष्ट कदमका रुपमा समेत हेरेको पाइन्छ ।

कोरोनाका कारण अहिले सम्म घरेलु फुटबल सुरु हुने संकेत नदेखिदा राष्ट्रिय टोलीका खेलाडीहरु उत्साहित हुन स्वभाभिक हो । एन्फालाई धन्यवाद दिदै खेलाडीहरुले उत्साहसँगै जिम्मेवारी थपिएको बताएका छन् ।

महिला टोलीकी कप्तान रेनुका नगरकोटीले समान तलबलाई अहिले सम्मको विभेद अन्त्यको सुरुवातका रुपमा लिएकी छिन् । ‘तलबमा धेरै फरक हुँदा नराम्रो लाग्थ्यो । अहिले समान भयो खुसी छौं । सुरुमा त विश्वास नै गर्न गाह्रो भएको थियो’, उनले भनिन्, ‘तलब समान हुँदा बराबरको महसुस गरेका छौं । अब तयारी, प्रतियोगिता सबैमा पुरुष सरह भयो भने नतिजामा पनि आशा गर्न सकिन्छ । जे होस् बराबरीको सुरुवातको महसुस गरेका छौं ।’

राष्ट्रिय टोलीकी रक्षक हिरा भुजेलले सबैभन्दा बढी खुसी महिला र पुरुषमा गरिएको समान व्यवहारले निकै खुसी लागेको बताइन् । ‘विगतमा पुरुषको बढी र महिलाको कम हुँदा नराम्रो लाग्थ्यो नै,’ उनले भनिन्, ‘अहिले समान तलब भनिएको छ । यो भनेको समान व्यवहार हो । यसमा म एकदमै खुसी छु ।’

राष्ट्रिय टोलीकी सिनियर खेलाडी पुनम जर्घा मगरले फुटबलमा अधिकांश निम्न वा मध्यम परिवारबाट आउने भएकोले तलब वृद्धि हुँदा खेलाडीको परिवारमा पनि साथ पुग्ने बताइन् । ‘पहिला पुरुष र हाम्रो तलब फरक हुँदा नरमाइलो लाग्थ्यो । अब त्यो विभेदको अन्त्य भएको छ । एन्फालाई धन्यवाद छ,’ उनले थपिन्, ‘अब यसले नयाँ पुस्तामा पनि राम्रो सन्देश जान्छ । फुटबल खेलेर पनि आम्दानी गर्न सकिन्छ भनेर नयाँ खेलाडी विगतमा भन्दा अझै बढ्ने सम्भावना हुन्छ ।’

पुरुषकै जस्तै महिला फुटबलमा लगानी र बढी एक्सपोजर दिने हो भने पुरुषको भन्दा सफल नतिजा दिन सक्ने सम्भावना रहेको अनुमान गरिन्छ । महिला टोलीको पछिल्ला केहि वर्षको प्रदर्शनलाई हेर्ने हो भने त्यो सत्यताको नजिक छ ।

साफ च्याम्पियन्सिप, १३ औं दक्षिण एसियाली खेलकुद (साग), हिरो गोल्ड कप र कीर्गिस्तानमा भएको नादेझ्दा कपको फाइनल खेलेको थियो । त्यस्तै पहिलो सहभागितामा टोलीले ओलम्पिक छनोटको दोस्रो चरणको यात्रा तय गरेको थियो ।

राष्ट्रिय टोलीकी अर्की सदस्य अनिता बस्नेतले समान तलब दिने निर्णयले आफूहरुमा जिम्मेवारी बढेको महसुस भएको सुनाइन् । ‘लामो समयदेखि हामीले तलब बढ्नु पर्छ भनेका थियौं,’ उनले भनिन्, ‘हाम्रो मागको सुनुवाई त भयो । म हामीले पनि आफ्नो प्रदर्शनबाट न्याय गर्नुपर्ने हुन्छ ।’

एन्फाले पनि महिला फुटबललाई प्राथमिकतामा राख्ने बारम्बार बताउँदै आएको थियो । पछिल्लो निर्णयबाट एन्फाले आफ्नो भनाईलाई व्यवहारमा उतारेको मान्नु पर्ने हुन्छ । महिला टोलीमा अब प्रतिस्पर्धा बढ्ने मिडफिल्डर सरु लिम्बुको विश्वास छ । ‘यो निर्णयले आउने पुस्तालाई पक्कै उत्साहित बनाउनेछ । टोलीमा पर्नका लागि प्रतिस्पर्धा पनि हुन्छ,’ उनले थपिन्, ‘कमजोर आर्थिक अवस्था हुनेका लागि यो तलबले थेरै भरथेग हुन्छ ।’

गोलकिपर एन्जिला तुम्बाबे सुब्बाले भने तलब बढेको समाचार पहिलो पटक सुन्दा विश्वास नलागेको बताइएन् । ‘मैले त दोहोराए समाचार सुनेपछि बल्ल विश्वास लाग्यो । निर्णयमा सहभागी हुने सबैलाई धन्यवाद,’ उनले थपिन्, ‘केटा र केटी भनेर अलग गरिन्थ्यो । अब त्यो टुंगिएकोमा खुसी छौं ।’

फुटबलमा आबद्ध हुने सबैले त्यसबाट आम्दानी गर्न सकेको खण्डमा व्यवसायिक फुटबल विकासको एउटा आधार तयार भएको मान्न सकिन्छ । खेलाडी, प्रशिक्षकसँगै फुटबलमा रेफ्रीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैलाई मनन गर्दै रेफ्रीको पनि तलबलमा बृद्धि गरेको मान्छन् यसै पटक फिफा रेफ्री बनेका प्रज्वल क्षेत्री ।

‘यसलाई मैले सुरुवातका रुपमा लिएको छु । फुटबल विकासमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘अहिलेको निर्णयले भविष्यमा अझै राम्रो हुन्छ भन्ने संकेत गरेको छ । एन्फा रेफ्रीका बारेमा पनि उत्तिकै गम्भिर छ भन्ने देखिएको छ ।’

फरवार्ड सावित्रा भण्डारी सम्बा समान तलब हुनु सामान्य विषय नभएको बताउँछिन् । ‘यसले नयाँ पुस्तालाई राम्रो गर्ने प्रेरणा मिल्नेछ । एन्फालाई धेरै धेरै धन्यवाद ,’ उनले भनिन्, ‘हामी सबै उत्साहित छौं । ग्रुप च्याटमा पनि हामी सबैले एकअर्कालाई बधाई साट्यो । यो नेपाली महिला फुटबलका लागि ठूलो कदम हो ।’ उनले खुसीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उत्साहलाई परिणाममा बदल्न टोली आतुर रहेको पनि सुनाइन् ।

फुटबलका महिला खेलाडीलाई समान तलब दिने निर्णयले नेपालका अन्य सफल दुई खेल क्रिकेट र भलिबल संघमाथि पनि दबाब बढेको छ । महिला क्रिकेट खेलाडीले पनि पहिलो पटक तलब पाउने निर्णय भएपनि पुरुषको रकमको दाजोमा भने निकै कम रहेको छ ।

फुटबल र क्रिकेटमा सम्बन्धित अन्तर्राष्ट्रिय निकायबाट आर्थिक सहयोग हुने भएकाले खेलाडीको पारिश्रमिकका लागि सहज छ । तर भलिबलको हकमा भने पारिश्रमिकको सुरुवात हुन अहिले पनि कठीन देखिएको छ । भलिबलमा महिला मात्र होइन पुरुष खेलाडीले पनि पारिश्रमिक पाउँदैनन् ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.