default_image

3 years ago

December 11, 2020

द बेस्टको शीर्ष तीन सार्वजनिक

एजेन्सी – विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्षको उत्कृष्टलाई प्रदान गर्दै आएको द बेस्ट अवार्डको शीर्ष तीन उम्मेदवारको नाम सार्वजनिक गरेको छ । यो वर्ष पुरुष खेलाडीको अवार्डका लागि लिओनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र रोबर्ट लेवान्डोस्की मनोनयनमा परेका छन् । अर्जेन्टिनी कप्तान मेस्सीले बार्सिलोनाका लागि कुनै उपाधि नजितेपनि उनको व्यक्तिगत प्रदर्शन भने तारिफयोग्य थियो । […]

35 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्षको उत्कृष्टलाई प्रदान गर्दै आएको द बेस्ट अवार्डको शीर्ष तीन उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

यो वर्ष पुरुष खेलाडीको अवार्डका लागि लिओनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र रोबर्ट लेवान्डोस्की मनोनयनमा परेका छन् । अर्जेन्टिनी कप्तान मेस्सीले बार्सिलोनाका लागि कुनै उपाधि नजितेपनि उनको व्यक्तिगत प्रदर्शन भने तारिफयोग्य थियो ।

यस्तै पोर्चुगिज फरवार्ड रोनाल्डोले युभेन्टसलाई इटालियन लिगको उपाधि दिलाउँदा उनी लिगको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए । पोलिस फरवार्ड लेवान्डोस्कीले भने बायर्नका लागि निकै सफल वर्ष बिताए । उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो भने लेवान्डोस्की सर्वाधिक गोलकर्ता समेत भएका थिए ।

महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्ज, डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्ड शीर्ष तीनमा परेका छन् ।

महिलातर्फ प्रशिक्षकमा चेल्सीकी एम्मा हेअस, लियोनका जेन भासेर र नेदरल्यान्डकी सारिना विग्मन मनोनयनमा छन् ।

महिला गोलरक्षकका लागि लियोनकी सरह बौहादी, पिएसजीकी क्रिस्टियन एण्डलर र अमेरिकी अलिसा नेहर छन् ।

पुरुषतर्फ प्रशिक्षकमा लिड्स युनाइटेडका मार्सेलो बिएल्सा, बायर्नका हान्स फ्लिक र लिभरपुलका योर्गेन क्लोप रहेका छन् ।

गोलरक्षकको उपाधिका लागि लिभरपुलका एलिसन बेकर, एटलेटिको म्याड्रिडका जान ओब्लाक र बायर्नका कप्तान म्यानुएल नोएर छन् ।

फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्डका लागि टोटेनहमका सन ह्युङ मिन, हाल एटलेटिको म्याड्रिडमा खेलिरहेका लुइस सुआरेज र फ्लामेंगोका जर्जिआन्दे अरस्केता मनोनयनमा रहेका छन् ।

फिफाले डिसेम्बर १७ मा विजेताको नाम घोषणा गर्नेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.