default_image

3 years ago

December 17, 2020

लयमा फर्कंदै रियल म्याड्रिड

एजेन्सी – ला लिगामा अलाभेस र च्याम्पियन्स लिगमा साख्तर डोनेस्कसँग हार बेहोरेपछि बीचको ५ दिन रियल म्याड्रिडका लागि नाटकिय रहे । त्यसपछि भने रियलले लगातार चार जित निकालेको छ । पहिला सेभिल्लालाई १–० ले त्यसपछि च्याम्पियन्स लिगमा बोरुसिया मोन्चेनग्लाबाक र अन्त्यमा शनिबार एट्लेटिको म्याड्रिडलाई डर्बी खेलमा २–० ले हराएको थियो । दबाबका बीचमा टोलीले तीन खेलमा […]

36 views

0 Bookmark

एजेन्सी – ला लिगामा अलाभेस र च्याम्पियन्स लिगमा साख्तर डोनेस्कसँग हार बेहोरेपछि बीचको ५ दिन रियल म्याड्रिडका लागि नाटकिय रहे । त्यसपछि भने रियलले लगातार चार जित निकालेको छ ।

पहिला सेभिल्लालाई १–० ले त्यसपछि च्याम्पियन्स लिगमा बोरुसिया मोन्चेनग्लाबाक र अन्त्यमा शनिबार एट्लेटिको म्याड्रिडलाई डर्बी खेलमा २–० ले हराएको थियो । दबाबका बीचमा टोलीले तीन खेलमा समग्रमा ५–० को जित दर्ता गर्यो । यसै साता एथ्लेटिक बिल्बाओलाई ३-१ ले हराउँदै रियलले लयमा फर्किएको संकेत दिएको छ ।

डर्वी अघिको खेल सम्म टोली दबाबमा थियो । टोली पछिल्ला केहि वर्षयताको सिजनमा कमजोर सुरुवात गरेको थियो । त्यसमाथि अलाभेससँगको हार । अनि च्याम्पियन्स लिगमा साख्तरसँगको हारले टोलीमाथि निकै दबाब बढेको थियो । समूह चरणबाट बाहिरिने समिकरण पनि थियो ।

अघिल्लो सातासम्म टोली कमजोर अवस्थामा देखिएको थियो । यहाँसम्म की प्रशिक्षक जिनेजिन जिदानको भविष्यका विषयलाई लिएर समेत टिप्पणी सुरु भएको थियो । टोलीले पछिल्ला १६ खेलमा ५ खेल हारेको थियो । जुन टोलीको छवि भन्दा फरक थियो ।

अब परिस्थिति बलदिएको छ । रियल ला लिगा र च्याम्पियन्स लिगमा उत्कृष्ट ढगले पुनरागमन गर्न सफल भएको छ । जबकी टोली युरोपमा कमजोर आकिन थालिएको थियो । तर रियल दबाबमाथि विजय प्राप्त गर्न सफल भएको छ ।

च्याम्पियन्स लिगमा गर वा मरको अवस्थामा पुगेको टोलीले त्यस लगत्तै ला लिगाको शीर्ष टोली एट्लेटिकोको सामना गरेको थियो । जसमा दुवैमा टोलीले सफलता हासिल गर्यो । समूह चरणको अन्तिम खेलको जितबाट टोली विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

अहिले रियल प्रतिस्पर्धात्मक लयमा फर्केका छ । समूह विजेताका रुपमा च्याम्पियन्स लिगमा नकआउट चरण पुगेको टोली ला लिगामा पनि अब शीर्ष टोलीको नजिक पुगेको छ । अब शीर्ष टोली र रियलको अंक बराबर छ । यद्दपी एट्लेटिकोले भन्दा रियलले बढी खेल खेलेको छ ।

स्पेनमा सेभिल्ला, एट्लेटिको र बार्सिलोनामाथि जित हासिल गरेको रियलले छन् भने युरोपमा इन्टरमाथि दुई पटक विजय प्राप्त गरेको थियो । रियल अहिले फरक अवस्थामा छ । दबाबपूर्ण साता पार गर्दै रियल केहि आरामदायी अवस्थामा पुगेको छ ।

अक्टुबर ४ पछि रियलले पहिलो पटक लगातार तीन खेल जितेको थियो । त्यसअघि टोलीले लगातार तीन खेलमा रियल बेटिस, भालाडोलिड र लेभान्तेलाई हराएको थियो । रियललाई जिदानले पूर्नजीवन दिएका छन् । दबाबका बीचबाट निकालेका छन् । नतिजाले टोलीमा पक्कै पनि सकारात्मक भावना सञ्चार गरेको छ ।

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

April 30, 2024

गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित

ललितपुर (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका गोदावरी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालाको मंगलबार भएको खेलमा तारकेश्वर नगरपालिकालाई ५–० ले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो । कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा […]

Success

Thank you for your time.