default_image

3 years ago

December 14, 2020

युभेन्ट्सका लागि सयौं खेलमा रोनाल्डोको दुई गोल

एजेन्सी – इटालियन क्लब युभेन्ट्सको लागि १००औ खेलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा जिनोआमाथि ३–१ को सहज जित निकालेको छ । रोनाल्डोले दुवै गोल पेनाल्टीमार्फत गरेका थिए । पाउलो डिबालाले एक गोल गर्दा घरेलु टोलीका स्टेफानो स्टुरारोले एक गोल फर्काए । सबै चार गोल दोस्रो हाफमा सम्भव भएको […]

40 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सको लागि १००औ खेलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा जिनोआमाथि ३–१ को सहज जित निकालेको छ ।

रोनाल्डोले दुवै गोल पेनाल्टीमार्फत गरेका थिए । पाउलो डिबालाले एक गोल गर्दा घरेलु टोलीका स्टेफानो स्टुरारोले एक गोल फर्काए । सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

जिनोभामा आइतबार राति भएको खेलको ५७औं मिनेटमा पाउलो डिबालाले गाल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । उनले वेस्टन म्याकिनीको पासमा गोल गरेका थिए । ६१औं मिनेटमा स्टेफानोले लुका पेलिग्रिनीको पासमा गोल गर्दै खेललाइ १–१ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई २–१ ले अघि बढाए । रोभेल्लाले पेनाल्टी बक्समा जुवान कोर्डाडोमाथि फल गरेपछि रेफ्रीले युभेन्ट्सलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रोनाल्डो चुकेनन् ।

८९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको जित पक्का गरे । गोलरक्षक माटिया पेरिनले मोराटामाथि फल गरेपछि रेफ्रीले युभेन्ट्सलाई पेनाल्टी प्रदान गरेको थियो । यो जितसँगै ११ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजित जिनोआ ६ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

April 28, 2024

माडुएके चम्कँदा चेल्सी हारबाट जोगियो

एजेन्सी – विंगर नोनी माडुएकेले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि दुई गोलले पछि परेको स्थितिमा पूनरागमन गर्दै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार टारेको छ । चेल्सीले प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा घरेल टोलीका […]

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

Success

Thank you for your time.