default_image

3 years ago

December 14, 2020

नेयमारले स्ट्रेचरमा रुँदै मैदान छाडे

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन सुपरस्टार नेयमारले आइतबार लियोनविरुद्ध खेलमा गम्भीर चोट बोकेका छन् । दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा लियोनका टिआगो मेन्डेसले डरलाग्दो ट्याकल गरेपछि नेयमार घाइते हुन पुगेका थिए । मेन्डेसले स्लाइड ट्याकल गर्ने नेयमारको खुट्टा उनको दुवै खुट्टाको बिचमा अड्किएको थियो । रेफ्रीले उक्त ट्याकल गरेका मेन्डेसलाई सिधै […]

56 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन सुपरस्टार नेयमारले आइतबार लियोनविरुद्ध खेलमा गम्भीर चोट बोकेका छन् ।

दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा लियोनका टिआगो मेन्डेसले डरलाग्दो ट्याकल गरेपछि नेयमार घाइते हुन पुगेका थिए । मेन्डेसले स्लाइड ट्याकल गर्ने नेयमारको खुट्टा उनको दुवै खुट्टाको बिचमा अड्किएको थियो । रेफ्रीले उक्त ट्याकल गरेका मेन्डेसलाई सिधै रातो कार्ड देखाएका थिए ।

नेयमार ट्याकलपछि चोटका कारण मैदानमा नै ढलेका थिए । निकै दुखाइमा रहेका उनी रुन थालेपछि सहकर्मीले सम्झाउने प्रयास गरेका थिए । मेडिकल टोलीले स्ट्रेचरमा हालेर लाग्दा पनि उनको आँशु रोकिएको थिएन । मैदान छाडेपछि उनको चोटको अवस्था बुझ्न अस्पताल लागिएको थियो । हाल खुट्टा निकै सुन्निएकोले सोमबार मात्र विस्तृत परिक्षण गरिने बुझिएको छ ।

पिएसजीको स्वास्थ्य टोलीको प्रारम्भिक जानकारी अनुसार गम्भीर चोट नभएको अवस्थामा पनि नेयमार केहि साताका लागि मैदान बाहिर रहनेछन् । पछिल्लो समय नेयमार निकै लयमा रहेका थिए । उनले पछिल्लो ४ खेलमा ७ गोल गरेका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको पिएसजी लियोनविरुद्ध हारेपछि भने लिगको तेस्रो स्थानमा झरेको छ ।

हेर्नुहोस उक्त ट्याकलको भिडियो :

April 28, 2024

केनको कीर्तिमान

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको कीर्तिमानी दुई गोलमा बायर्न म्युनिखले आइनट्राक्ट फ्रान्कफुर्टलाई पराजित गरेको छ । बायर्नले फ्रान्कफुर्टलाई २–१ ले पराजित गरेको हो । फ्रान्कफुर्ट विरुद्धको जितमा दुई गोल गरेसँगै केनले एक सिजनमा सर्वाधिक गोल गर्ने नयाँ व्यक्तिगत कीर्तिमान बनाएका छन् । ३० वर्षिय केनले बायर्नमा डेब्यु सिजनकाे सबै प्रतियोगितामा ४२ गोल गरिसकेका छन् […]

April 28, 2024

माडुएके चम्कँदा चेल्सी हारबाट जोगियो

एजेन्सी – विंगर नोनी माडुएकेले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि दुई गोलले पछि परेको स्थितिमा पूनरागमन गर्दै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार टारेको छ । चेल्सीले प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा घरेल टोलीका […]

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

Success

Thank you for your time.