default_image

3 years ago

December 14, 2020

सोसीडाड र म्यानचेस्टर युनाइटेड भिड्ने

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत राउन्ड अफ ३२ को खेल तालिका ड्र आज सम्पन्न भएको छ । ड्र अनुसार प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले ला लिगाको शीर्षस्थानमा रहेको रियल सोसीडाडसँग खेल्नेछ । प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम हट्सपरले अष्ट्रियाको वल्फ्सबर्गरसँग खेल्नेछ । इटालियन लिगको शीर्षस्थानमा रहेको मिलानले रेड स्टार बेलग्रेडको सामना गर्दैछ । आर्सनलले पोर्चुगिज […]

62 views

0 Bookmark

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत राउन्ड अफ ३२ को खेल तालिका ड्र आज सम्पन्न भएको छ । ड्र अनुसार प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले ला लिगाको शीर्षस्थानमा रहेको रियल सोसीडाडसँग खेल्नेछ ।

प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम हट्सपरले अष्ट्रियाको वल्फ्सबर्गरसँग खेल्नेछ । इटालियन लिगको शीर्षस्थानमा रहेको मिलानले रेड स्टार बेलग्रेडको सामना गर्दैछ । आर्सनलले पोर्चुगिज क्लब बेन्फिकासँग प्रतिस्पर्धा गर्नेछ ।

स्कटिस लिगको शीर्षस्थानमा रहेको रेन्जर्सले एन्टवेर्पसँग खेल्नेछ । स्लाभिया प्राग र लेस्टर सिटीले अन्तिम १६ मा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । भिल्लारियलले आरबी साल्ज्बर्गको चुनौती स्वीकार्नेछ ।

योङ ब्वाइजले जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर लेभरकुसनसँग खेल्नेछ । इटालीको नेपोलीले स्पेनिस क्लब ग्रानडासँग खेल्नेछ । आयाक्स र फ्रान्सेली लिगको अग्रस्थानमा रहेको लिलले एक आपसमा भिड्दै प्रि-क्वाटरफाइनलमा स्थान बनाउने प्रयास गर्नेछन् ।

क्लब ब्रुगले डिनामो किएभको सामना गर्दा पिएसभी र ओलाम्पियाकोसले खेल्नेछन् । ब्रागा र रोमाबीच पनि प्रतिस्पर्धा हुनेछ । डिनामो जाग्रेब र क्राज्नोडार तथा मक्कबी तेल अभिभ र शाख्तर डोनेस्कले एक आपसमा भिड्नेछन् । मोल्ड र होफेनहाइम पनि खेल्दैछन् ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.