default_image

3 years ago

December 15, 2020

क्याडिजको पोस्टमा सेल्टाको चार गोल

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध पारेको क्याडिजमाथि सेल्टा डि भिगोले ४–० को सानदार जित हात पारेको छ । सेल्टाले घरेलु मैदानमा क्याडिजमाथि सानदार जित दर्ता गर्दा नोलिटो, इगो आस्पास, फ्रान बेल्ट्रान र ब्राइस मेन्डेजले गोल गरे । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको छैटौ मिनेटमा नोलिटोले इगो […]

28 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध पारेको क्याडिजमाथि सेल्टा डि भिगोले ४–० को सानदार जित हात पारेको छ ।

सेल्टाले घरेलु मैदानमा क्याडिजमाथि सानदार जित दर्ता गर्दा नोलिटो, इगो आस्पास, फ्रान बेल्ट्रान र ब्राइस मेन्डेजले गोल गरे । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको छैटौ मिनेटमा नोलिटोले इगो आस्पासको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ३१औं मिनेटमा आस्पासले पेनाल्टीमार्फत गोल गर्दै सेल्टाको अग्रता दोब्बर पारे ।

४३औं मिनेटमा फ्रान बेल्ट्रानले गोल गर्दै सेल्टालाई सहज जिततर्फ अग्रसर गराए । उनले इगो आस्पासकै पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा ब्राइस मेन्डिजले डेनिस सुआरेजको पासमा गोल गर्दै सेल्टालाई ४–० ले अघि बढाए ।

दोस्रो हाफमा दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भएपनि सदुपयोग हुन नसक्दा पहिलो हाफको चार गोल नै सेल्टाको जितमा पर्याप्त बन्यो । यो जितसँगै सेल्टा १३ खेलबाट १६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित क्याडिज १८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.