default_image

3 years ago

December 15, 2020

बालोन डि’ओरको ड्रिम टिम सार्वजनिक

एजेन्सी – विश्वभर गरिएको अनलाइन भोटिङका आधारमा बोलोन डि ओर ड्रिम टिम सार्वजनिक भएको छ । फ्रान्स फुटबलले ३–४–३ को पद्धतीमा फुटबल इतिहासको उत्कृष्ट ११ सार्वजनिक गरेको हो । बालोन डि ओर ड्रिम टिममा याशिन, काफु, बेकेनबाउर, माल्दिनी, जाभी, म्याथुज, पेले, म्यारोडोना, मेस्सी, रोनाल्डो नाजारियो र क्रिस्टियानो रोनाल्डो छन् । विश्वको नम्बर एक गोलकिपरमा रसियाका […]

50 views

0 Bookmark

एजेन्सी – विश्वभर गरिएको अनलाइन भोटिङका आधारमा बोलोन डि ओर ड्रिम टिम सार्वजनिक भएको छ । फ्रान्स फुटबलले ३–४–३ को पद्धतीमा फुटबल इतिहासको उत्कृष्ट ११ सार्वजनिक गरेको हो ।

बालोन डि ओर ड्रिम टिममा याशिन, काफु, बेकेनबाउर, माल्दिनी, जाभी, म्याथुज, पेले, म्यारोडोना, मेस्सी, रोनाल्डो नाजारियो र क्रिस्टियानो रोनाल्डो छन् । विश्वको नम्बर एक गोलकिपरमा रसियाका महान खेलाडी लेभ यासिन परेका छन् । सोभियत युनियनबाट सन् १९५४ देखि १९७० सम्म खेल्ने क्रममा यासिनले ७४ खेल खेलेका थिए ।

त्यस्तै रक्षापक्तिका उत्कृष्ट ३ मा जर्मनका फेन्च बेकनबाउर, ब्राजिलियन फुलब्याक काफु र इटालियन महान पाब्लो माल्दिनी रहेका छन् । बार्सिलोनाका महान जाभि हर्नान्डेज इतिहासकै सर्वाधिक सफल डिफेन्सिभ मिडफिल्डर चुनिएका छन् । स्पेनिस जाभीले विश्व कप, युरोपियन च्याम्पियनसिप जितेका थिए । त्यस्तै बार्सिलोनाका लागि ४ च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जाभीले जितेका थिए ।

जाभीसँग डिफेन्सिभ मिडफिल्डमा लोथर म्याथुज छन् । एट्याकिङ मिडफिल्डमा दुई महान अर्जेन्टिनाका डिएगो म्याराडोना र ब्राजिलियन पेले रहेका छन् । म्याराथोनाले लगभग एकल प्रयासमा १९८६ मा अर्जेन्टिनालाई विश्व कप उपाधि दिलाएका थिए । पेलेको सहभागितामा ब्राजिलले १९५८,१९६२ र १९७० मा विश्व कप जितेको थियो ।

अग्रपंक्तिमा इतिहासकै सर्वाधिक रुचाइएका फरवार्डमा ब्राजिलका महान रोनाल्डो नाजिरियो छन् । युवा पुस्तामा लोकप्रिय रोनाल्डोले घुँडाको चोटका कारण खेल छाड्नु परेको थियो । उनको उच्च प्रदर्शनबाट प्रेरित ब्राजिलले २००२ र १९९४ मा विश्व कप जितेको थियो ।

रोनाल्डोसँग फरवार्ड लाइनमा लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो रहेका छन् । मेस्सीले ६ पटक बालोन डि ओ, ६ पटक गोल्डेन बुट, ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । उनले बार्सिलोनाको इतिहासलाई नै परिवर्तन गरिदिएको मानिन्छ । त्यस्तो पोर्चुगिज रोनाल्डोले पाँच पटक बालोन डि ओर, पाँच पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए । उनले रियल म्याड्रिडबाट लगातार तीन पटक च्याम्पियन्स लिग जितेका थिए ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज खेल्ने भनिएको खेल रद्द भएको छ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज तालिकामा रहेको खेल रद्द भएको हो । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.